Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड'

'डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड'

ललितपुर, पुस ५ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताएका छन् ।


शनिबार ललितपुरमा आयोजित ‘क्यान बिटुबी  समिट २०२५’ मा बोल्दै वरिष्ठ उपाध्यक्ष अधिकारीले बलियो डिजिटल पूर्वाधार बिना नेपालको डिजिटल सपना साकार हुन नसक्ने जिकिर गरे । प्रविधि अब केवल सुविधा मात्र नभएर अर्थतन्त्रको प्राणवायु बनिसकेको उल्लेख गर्दै उनले सुरक्षित डेटा भण्डारणको सुनिश्चितता नभए डिजिटल रूपान्तरणका प्रयासहरू दिगो नहुने धारणा राखे ।

डिजिटल पूर्वाधारमा लगानीको आवश्यकता

अधिकारीले स्टार्टअपदेखि ठूला उद्योगसम्मका लागि क्लाउड सेवा अपरिहार्य रहेको बताए । क्लाउड पूर्वाधारले उद्यमीहरूलाई सर्भर र सुरक्षामा हुने ठूलो पुँजीगत खर्चबाट मुक्त गर्छ, उनले भने, 'इकमर्स, फिनटेक र आइटी सेवा निर्यातमा नेपाली युवाहरूको आकर्षणलाई मूर्त रूप दिन भरपर्दो क्लाउड पूर्वाधार अनिवार्य छ।

विश्वव्यापी तथ्याङ्क प्रस्तुत गर्दै उहाँले सन् २०३० सम्ममा डेटा सेन्टर बजार ६०२ बिलियन डलरभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको जानकारी उनले दिए । इस्टोनिया, सिंगापुर र भारत जस्ता देशहरूले डिजिटल पूर्वाधारमा लगानी गरेकै कारण विश्वव्यापी प्रतिस्पर्धामा अगाडि रहेको भन्दै नेपालले पनि सोही अनुरुपको रणनीति बनाउन ढिला गर्न नहुनेमा उनको जोड थियो।

तीन बुँदे सुधारको खाका

नेपालको डिजिटल आकाश साइबर सुरक्षाका दृष्टिले संवेदनशील रहेको र दक्ष जनशक्तिको अभाव रहेको स्वीकार गर्दै अधिकारीले तीनवटा मुख्य सुधारका बुँदाहरू अघि सारे:

१. नीतिगत सुधार:  डेटा संरक्षण, साइबर सुरक्षा र डेटा स्थानीयकरण का लागि स्पष्ट र लगानीमैत्री कानुनको निर्माण।

२. दक्ष जनशक्ति : विश्वविद्यालय र उद्योगबीच सहकार्य गरी बजारको माग अनुसारका जनशक्ति उत्पादन।

३. डिजिटल समावेशिता:  डिजिटल रूपान्तरणलाई काठमाडौँ बाहिर ग्रामीण भेगसम्म पुर्‍याउन दूरसञ्चार विकास कोषको प्रभावकारी प्रयोग।

नेपाललाई 'टेक हब' बनाउने लक्ष्य

नेपालको रणनीतिक अवस्थितिको फाइदा उठाउँदै दक्षिण एसियाकै 'टेक हब' को रूपमा विकास गर्न सकिने सम्भावना उनले औंल्याए । सार्वजनिक-निजी साझेदारीमार्फत विदेशी लगानी आकर्षित गर्ने यो उपयुक्त समय भएको उनको भनाइ थियो।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार