Oct 28 2026 | २०८३, कात्तिक ११ गते

Oct 28 2026 | २०८३, कात्तिक ११ गते

Follow us

एमबैंकले भन्यो-पीएचपी सुरक्षा जोखिमले हाम्रो सेवामा कुनै असर गर्दैन !

एमबैंकले भन्यो-पीएचपी सुरक्षा जोखिमले हाम्रो सेवामा कुनै असर गर्दैन !

काठमाडौं । विश्वव्यापी रूपमा वेब प्रविधि (पीएचपी) मा देखिएको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपालका विभिन्न वाणिज्य बैंकले आफ्ना वेबसाइट तथा अनलाइन बैंकिङ सेवा अस्थायी रूपमा बन्द गरेका छन् । कुमारी बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक, प्राइम कमर्सियल बैंक र सिटिजन्स बैंकले अनलाइन सेवामा अवरोध आएको जानकारी दिएका छन् । केही बैंकले सार्वजनिक सूचना जारी गर्दै वेबसाइट तथा विद्युतीय सेवाहरू अस्थायी रूपमा बन्द गरिएको र जोखिम मूल्याङ्कन तथा समाधानपछि पुनः सञ्चालन गरिने जनाएका छन् । ग्राहकको वित्तीय विवरण, बैंकिङ प्रणाली र अनलाइन कारोबारलाई सम्भावित साइबर आक्रमणबाट जोगाउन बैंकहरूले यस्तो कदम चालेका हुन् ।

यसैबीच, मोबाइल बैंकिङ प्ल्याटफर्म ‘एम बैंक’ ले (पीएचपी) मा देखिएको सुरक्षा जोखिमले आफ्नो सेवामा कुनै असर नगर्ने स्पष्ट पारेको छ । एमबैंक प्लेटफर्म जाभा र एङ्गलुर प्रविधिमा निर्माण गरिएकाले हालै चर्चामा आएको पीएचपी सम्बन्धी सुरक्षा संवेदनशीलताले बैंकको मुख्य एप्लिकेसनमा कुनै प्रत्यक्ष असर नगर्ने बैंकले जनाएको छ।

एमबैंक टेक्नोलोजी प्रा.लि.ले एक विज्ञप्ति जारी गरी आफ्ना ग्राहकहरूको सुरक्षालाई सदैव उच्च प्राथमिकतामा राखेको कुरा पनि एमबैंकले स्पष्ट पारेको छ। आफ्नो डिजिटल बैंकिङ सेवाको सुरक्षा र विश्वसनीयता सबैभन्दा महत्वपूर्ण कुरा भएकोमा जोड दिदैं कम्पनीको प्राविधिक टोलीले स्थापित सुरक्षा अभ्यासहरुको अनुसरणका साथै आवश्यक सुरक्षा अपडेटबारे जानकारी लिइरहेको समेत जानकारी एमबैंकले गराएको छ । डिजिटल सुरक्षासम्बन्धी सबै पछिल्ला विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको भन्दै कम्पनीले आवश्यक सबै पूर्वतयारी र सावधानीहरु अपनाइएको भन्दै निर्धक्कसँग मोबाइल बैंकिङ सेवा उपभोग गर्न अनुरोध समेत गरेको छ । सहकारी र अन्य बैंक वित्तीय संस्थाहरुको डिजिटल रूपान्तरणलाई आफ्नो लक्ष्य बनाउँदै सुरु भएको मोबाइल बैंकिङ प्ल्याफर्म ‘एम बैंक’ आज ११ वर्षमा यात्रारत छ ।

859898578_2225508024664964_4184010705385804175_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार