Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Follow us

सन् २०२६ को बालोन डी’ओर ह्यारी केनले जिते

सन् २०२६ को बालोन डी’ओर ह्यारी केनले जिते

एजेन्सी । इंग्लिस फुटबलका स्टार स्ट्राइकर ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । बायर्न म्युनिख र इंग्ल्यान्डका कप्तान केनले उत्कृष्ट प्रदर्शनसहित करिअरकै पहिलो पटक फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड हात पारेका हुन् ।

यस वर्ष बालोन डी’ओरका लागि फ्रेञ्च फुटबलर किलियन एम्बाप्पे र स्पेनी स्ट्राइकर लामिन यामलजस्ता खेलाडीसँग उनको प्रतिस्पर्धा थियो । तर, निरन्तर उत्कृष्ट प्रदर्शनका आधारमा केनले अवार्ड आफ्नो नाममा पारे ।

केन २५ वर्षपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । यसअघि सन् २००१ मा माइकल ओवेनले यो अवार्ड जितेका थिए । सोमबार लन्डनमा आयोजित समारोहमा अवार्ड ग्रहण गरेपछि केनले आफू लगभग निस्शब्द भएको प्रतिक्रिया दिए । उनले आफूलाई मत दिने सबैलाई धन्यवाद दिँदै यस वर्ष प्रतिस्पर्धा निकै कठिन रहेको बताए ।

सन् २०२३ मा टोटेनहम हट्सपर छाडेर बायर्न म्युनिख पुगेका केनले २०२५र२६ सिजनमा करिअरकै उत्कृष्ट प्रदर्शन गरे । उनले बायर्नका लागि सबै प्रतियोगितामा ५१ खेल खेल्दै ६१ गोल गरे । उनको उत्कृष्ट प्रदर्शनमा बायर्नले घरेलु लिग र कप दुवैको उपाधि जित्यो ।

केनले क्लब र राष्ट्रिय टोलीबाट गरी सिजनभर कुल ७३ गोल गरेका थिए। विश्वकपमा पनि उनले ६ गोल गर्दै इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार