Oct 28 2026 | २०८३, कात्तिक ११ गते

Oct 28 2026 | २०८३, कात्तिक ११ गते

Follow us

गुणस्तर कार्यक्रममा मोरङ जिल्लाको साकोस अभियान

गुणस्तर कार्यक्रममा मोरङ जिल्लाको साकोस अभियान

नेपालको सहकारी आन्दोलनको ईतिहास धेरै पुरानो छैन । विश्व सहकारी आन्दोलनको तुलनामा नेपालको सहकारी आन्दोलन छोटो छ तर यस बिचमा सहकारी आन्दोलनले पुर्याएको योगदानभन्दा आन्दोलनलाई नकारात्मक प्रभाव पार्ने तत्व, नियम कानुन, नियमाक निकाय तथा सहकारीकर्मीहरुका कारण नेपालको सहकारी आन्दोलन कमजोर बन्दै गएको छ । सहकारीका दर्शन, मूल्य, मान्यता र सिद्धान्तको परिपालनामा हामी सहकारीकर्मी, आन्दोलनकर्मी र नियामक निकायको कमजोरी, अदूरदर्शीता र अनियमितताका कारण आज सहकारी आन्दोलन अस्त व्यस्त मात्र होइन चल्न र चलाउन नै नसक्ने अवस्थामा पुगेको छ । 
 
नेपालमा सहकारी आन्दोलनको सुरुवातलाई चितवनको बखान ऋण सहकारी समितिलाई आधिकारिक संस्थाको रुपमा लिदै आएको र त्यसैका आधारमा नेपालमा सहकारी दिवस मनाउने गरिएको छ। सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ जारी भएपश्चात नेपालमा सहकारी संस्था दर्ता, संचालन र विकास हुदै आएको छ । संस्था दर्ता सँगसँगै सहकारी संस्थाहरुको अभिभावकत्व भूमिका निर्वाह गर्न विषयगत संघहरुको पनि दर्ता, संचालन र विकास भएको देखिन्छ । 
 
सहकारी संस्था दर्ता ताका नै संस्थाको भौगोलिक बनावट बमोजिम कार्यक्षेत्र निर्धारण गर्नुपर्दथ्यो । सदस्यहरुलाई सिमित संस्थाहरुको मात्र सदस्य बन्न दिनुपर्दथ्यो । बेलैमा सहकारी ऐन, नियमको परिपालनामा कडिकडाई गर्नुपथ्र्यो तर अब विगत तर्फ फर्केर हुदैन, नियमनकारी निकाय, आन्दोलनकर्मीहरुले विगतका गल्तीहरुलाई आत्मसात गर्दै आउने दिनमा त्यस्ता गल्तीहरु नदोहोर्याउने बाचाका साथ अघि बढ्नु नै आजको आवश्यकता हो ।
 
विषय प्रवेश
१. समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरुमा संस्थागत विकास  INDESACCOS कार्यक्रम
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले दुई वर्षका लागि २०६० साल चैत्र १९ गते इटहरीको सामाजिक परिचालन केन्द्र, गैसारमा प्रक्रियागत परिचयात्मक कार्यक्रमको उद्घाटन गर्दै नेफ्स्कूनका तत्कालिन अध्यक्ष कैलाशभक्त प्रधानाङ्गले संस्थाहरुको समग्र विकास नभै कुनै एक पक्षको मात्र विकास भएमा त्यसलाई मोटाएको वा बलियो भएको भन्न नमिल्ने भन्नु हुदै तत्कालिन पूर्वाञ्चल विकास क्षेत्रका २० वटा समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्थाहरुमा संस्थागत विकास (INDESACCOS) कार्यक्रम लागु गरेसंगै मोरङ जिल्लाका बचत तथा ऋण सहकारी संस्थाहरु गुणस्तर कार्यक्रममा सहभागी भई संस्था सञ्चालन, व्यवस्थापन र व्यवसायिक क्षमताको सुधार गरी संस्थागत विकासमा अग्रसर भएको देखिन्छ । संस्थागत विकास (INDESACCOS) कार्यक्रम मार्फत नेफ्स्कूनले संस्थाहरुको संस्थागत विकासका लागि प्राविधिक सहयोग उपलब्ध गराउदै सहकारीको भावना, मूल्य, मान्यता सहितको समुदायमा आधारित साकोस सञ्चालनको आवश्यक दिगो प्रविधिको निर्माण गर्ने लक्ष्य लिएको थियो । कार्यक्रममा सहभागिता जनाउनका लागि संस्थाहरु नेफ्स्कूनसँग आवद्ध भएको ५ वर्ष हुनुपर्ने, संस्थामा १०० भन्दा बढी सदस्य भएको हुनुपर्ने, १० लाख भन्दा माथिको कारोबार भएको हुनुपर्ने, अन्तरलगानी कार्यक्रममा समावेश भएको हुनुपर्ने, संस्थामा तलबी कर्मचारीको अनिवार्य व्यवस्था भएको हुनुपर्ने, कार्यालयको व्यवस्था गरी सञ्चालन गरेको हुनुपर्ने जस्ता आधारहरु तय गरेको थियो । 
 
संस्थागत विकास (INDESACCOS) कार्यक्रममा पूर्वाञ्चलका २० वटा मध्ये मोरङ जिल्लाबाट १५ वटा, झापा जिल्लाबाट १, इलाम जिल्लाबाट १, सुनसरी जिल्लाबाट २ र सिराह जिल्लाबाट १ वटा संस्थाहरु छनौट भएका थिए । 
 
संस्थागत विकास (INDESACCOS) कार्यक्रमले संस्थालाई पारेको सकारात्मक प्रभावका विषयमा हाम्रो साकोस, उर्लाबारीका व्यवस्थापक चक्रबहादुर खड्का भन्नुहुन्छः
विकासका चरणमा रहेका सहकारी संस्थाहरुलाई आन्तरिक व्यवस्थापन र नीति विधिमा कसरी संचालन गर्न सकिन्छ भन्ने ठूलो पाठ सिकाएको थियो । 
गुणस्तरीय संस्था निर्माणमा संस्थागत विकास कार्यक्रमले महत्वपूर्ण भूमिका निर्माण गरेको थियो ।
अन्तर सहकारीका असल अभ्यास आदन प्रदानले प्रभावकारी भूमिका निर्वाह गरेको थियो ।
 
संस्थागत विकास (INDESACCOS) कार्यक्रममा सहभागी संस्थाहरु:
 
क्र.सं. संस्थाको नाम जिल्ला
१.  फडानी साकोस मोरङ
२. लेटाङ साकोस मोरङ
३.   जनचाहना साकोस मोरङ
४. मोरङ साकोस मोरङ
५.  लालीगुराँस साकोस  मोरङ
६. पौरखी साकोस मोरङ
७. रमाइलो साकोस  मोरङ
८. जनमुखी साकोस मोरङ
९.  मनकामना साकोस  मोरङ
१०.  इटहरा साकोस  मोरङ
११. कञ्चनजंघा साकोस  मोरङ
१२.  दाम्राभिट्टा साकोस  मोरङ
१३. हितकारी साकोस  मोरङ
१४.
  हाम्रो साकोस 
मोरङ
१५.  सुनपकुवा स्वावलम्बी साकोस  मोरङ
 १६.
साहारा नेपाल साकोस 
झापा
१७.
 प्रगति साकोस 
इलाम
१८.
 सेवा साकोस 
सुनसरी
 १९.
महिला साकोस 
सुनसरी
 २०.
 सामुहिक साकोस 
सिराहा
 
२. एशियाली स्तरको गुणस्तर प्रमाणिकरण गर्ने गरी (A1 Competitive Choice for Excellence In Service & Soundness-ACCESS)
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले एशियाली ऋण महासंघ अकुले विकास गरेको गुणस्तर मापन प्रणाली संगको सहकार्य र प्राविधिक सहयोगमा वि.सं. २०६५ सालदेखि संस्थाका विभिन्न दृष्टिकोणबाट गुणस्तर मापन गरी एशियाली स्तरको गुणस्तर प्रमाणिकरण गर्ने गरी ACCESS कार्यक्रम लागु गर्यो । समग्रमा भन्नु पर्दा एक्सेस कार्यक्रमले संस्थाहरुलाई सुशासनमा डोहोर्याउने कार्य गरेको देखिन्छ । वित्तीय विष्लेशण (पर्ल्स) दृष्टिकोण, सदस्यहरुको संस्थाप्रतिको दृष्टिकोण, आन्तरिक व्यवसायिक दृष्टिकोण साथै सिकाई र वृद्धि दृष्टिकोण गरी चारवटा सूचकका आधारमा संस्थाहरुको गुणस्तर मापन गरेको थियो । 
 
एक्सेस कार्यक्रमले संस्थालाई पारेको सकारात्मक प्रभावका विषयमा कनकलक्ष्मी साकोस, सुन्दरहरैँचाका व्यवस्थापक गोपाल देउजा भन्नुहुन्छः
संस्थाको समग्र संस्थाको अवस्थाका बारेमा सञ्चालक र व्यवस्थापकलाई बुझ्न सजिलो बनाउछ 
संस्था वित्तीय रुपमा मात्र हैन मानवीय, सामाजिक, आन्तरिक नियन्त्रण प्रणालीमा सबल हुदै जान्छ 
निरन्तर (Follow-up) ) मार्फत संस्था कमिकमजोरीलाई सुधार गर्न सहयोग गर्छ 
संस्थाका कर्मचारी सञ्चालकको क्षमता विकासमा सहयोग गर्छ 
Latest technology लाई Update गराउछ 
उक्त कार्यक्रमले संस्थाको छविलाई उच्च बनाउँछ
सुरक्षित भरपर्दो संस्थाका रुपमा विकसित हुदै जान्छ
 
एक्सेस कार्यक्रममा आवद्ध मोरङका संस्थाहरु
 
१.एकीकृत जनभावना साकोसलेटाङ, मोरङ
२.रमाइलो जनएकता साकोसकानेपोखरी, मोरङ
३.सुनपकुवा स्वावलम्बी साकोसउर्लाबारी, मोरङ
४.लेटाङ साकोसलेटाङ, मोरङ
५.लालीगुँरास साकोसबेलबारी, मोरङ
६. इटहरा साकोस रतुवामाई, मोरङ एक्सेस ब्रोञ्ज ब्राण्ड २०७४,२०७५ र २०७६
७.कनकलक्ष्मी साकोससुन्दरहरैँचा, मोरङ
८.मोरङ साकोसलेटाङ, मोरङ
९.हाम्रो साकोसउर्लाबारी, मोरङ
१०. दाम्राभिट्टा साकोस रतुवामाई, मोरङ एक्सेस ब्रोञ्ज ब्राण्ड २०७४,२०७५ र २०७६
११. मनकामना साकोस पथरीशनिश्चरे, मोरङ एक्सेस ब्रोञ्ज ब्राण्ड २०७४, २०७५ र एक्सेस सिल्लभर ब्राण्ड २०७६
१२.कञ्चनजंघा साकोसरतुवामाई, मोरङ
 
३. पूर्ण तथा व्यवसायिक साकोस विकास  (Program for Building Absolute & Professionalization -PROBATION)
पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (Program for Building Absolute & Professionalization -PROBATION) कार्यक्रम संस्थाहरुको गुणात्मक वृद्धिका लागि नेफ्स्कूनले २०६९ साल देखि सञ्चालनमा ल्याएको हो । यस कार्यक्रम मार्फत अनुगमन तथा सुपरिवेक्षण द्वारा गुणस्तर विकासमा साकोसहरुको आकर्षण दिनप्रतिदिन बढ्दो छ । प्रमाणिकरण पछि नेपाल स्तरको ब्राण्ड प्रदान गरिनेछ । कार्यक्रमले विशेषतः वित्तीय (पर्ल्स) दृष्टिकोण र सुशासन र व्यवस्थापनलाई जोड दिएको छ । 
 
प्रोवेशन कार्यक्रमले संस्थालाई पारेको सकारात्मक प्रभावका विषयमा लेटाङ साकोस, लेटाङका पूर्व व्यवस्थापक तथा हाल जिल्ला बचत संघ मोरङका कार्यक्रम अधिकृत रामकुमार दाहाल भन्नुहुन्छः
  • बैठक व्यवस्थापन अन्तरगत एजेण्डा निर्माण, मासिक व्यवस्थापन प्रतिवेदनको तयारी बैठकको प्रभावकारी निर्णय लेखन प्रक्रिया कार्यान्वयन,
  • साकोसका सञ्चालक समितिको क्षमता अभिवृद्धि, पर्ल्स विश्लेषण, ऋण व्यवस्थापन, सहकारी शिक्षा तालिम आदिको आवश्यकता महशुस गरी संस्थामा नै तालिम माग गरी सबैले तालिम लिने गरेको 
  • सुरक्षित ऋण लगानीका आवश्यक कागजात तथा विधिहरुको प्रयोग र कार्यान्वयन 
  • आन्तरिक कार्यविधि निर्माण र कार्यान्वयन 
प्रोवेशन कार्यक्रममा आवद्ध मोरङ संस्थाहरु
क्र.सं. संस्थाको नाम जिल्ला ब्राण्ड प्राप्त वर्ष कैफियत
१.हिमालय साकोसमोरङ
२.जागृति साकोसमोरङ
३.सूर्य साकोसमोरङ
४.सूर्यज्योति साकोसमोरङ
५.दुर्गावास साकोसमोरङ
६.संसेवन साकोसमोरङ
७.विरेन्द्रनगर साकोसमोरङप्रोबेशन ब्राण्ड प्राप्त २०७६
८.नारीसंकल्प साकोसमोरङ
९.अष्टलक्ष्मी साकोसमोरङ
१०.भूल्के साकोसमोरङ
११.ग्रेटनेपाल साकोसमोरङ
१२. सुन्दरपुर साकोस मोरङ प्रोबेशन ब्राण्ड प्राप्त २०७५, २०७६ र २०७७ कनकलक्ष्मी साकोसमा एकीकरण
१३. गछिया साकोस मोरङ प्रोबेशन ब्राण्ड प्राप्त २०७६ र २०७७ कनकलक्ष्मी साकोसमा एकीकरण
१४. लेटाङ साकोस मोरङ प्रोबेशन ब्राण्ड प्राप्त २०७६, २०७७ र २०७९ एक्सेसमा आवद्ध
 
४. जोखिममा आधारित साकोस सुपरिवेक्षण (CREDIT UNION RISK BASED SUPERVISION-CURBS)
नेफ्स्कून र जिल्ला बचत संघमा आवद्ध सदस्यहरुको वित्तीय एवम् सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि साकोस सञ्चालनमा विद्यमान वित्तीय एवम् गैर वित्तीय जोखिमको पूर्वानुमान र व्यवस्थापन गर्नको लागि जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम विकास गरेको हो । सहकारी विभाग समेतको सहभागितामा विकास गरिएको सुपरिवेक्षण औजारमा वित्तीय र सुशासन व्यवस्थापन गरी ७५ वटा सूचकहरु मार्फत विभिन्न क्षेत्रमा परिक्षण गरिन्छ । कर्ब्स कार्यक्रमले संस्थालाई पारेको सकारात्मक प्रभावका विषयमा दिपज्योति नारीविकास साकोस, बेलबारीकी व्यवस्थापक गोमा खुलाल भन्नुहुन्छः
कार्यविधि निर्माणको सिप प्राप्त
संस्थाको व्यवस्थित बजेट तथा योजना तयार पार्ने सिप प्राप्त
सदस्यहरुको ऋणको फायल व्यवस्थित गर्ने सिप प्राप्त
बैठकमा व्यवस्थापन प्रतिवेदन पेश गर्ने ज्ञान हासिल
तालिम गोष्ठीको माध्यमबाट संचालक, कर्मचारीहरुको क्षमता वृद्धि लगायतका ज्ञान प्राप्त भएको छ ।
 
कर्ब्स कार्यक्रममा आवद्ध मोरङका संस्थाहरु
 
Screenshot (1806).png
undefined
 
69405939_2542554792472816_7902071042397437952_n.jpg
undefined
 
४. नियमित निरीक्षण अनुगमन कार्यक्रम (Supervisory Checks & Analysis for Navigation-SCAN)
नेफ्स्कूनको गत वर्षको वार्षिक उत्सवको अवसर पारेर संघमा आवद्ध सदस्य संस्थाहरुको नियमित रुपमा निरीक्षण तथा अनुगमन गरी जोखिम स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न विगत वर्षहरुमा सञ्चालित एक्सेस, प्रावेशन तथा कब्र्स कार्यक्रमको सिकाईका आधारमा थप परिमार्जन सहितको कार्यक्रमका रुपमा स्क्यान कार्यक्रम सञ्चालनमा ल्याएको छ । सदस्य संस्थाहरुको दिगो विकास र सुरक्षाका निमित्त केन्द्रीय संघ, प्रदेश बचत संघ र जिल्ला बचत संघहरुले निरन्तर रुपमा विभिन्न कार्यक्रमका माध्यमबाट प्रशिक्षित गरिरहेकोले साथै हालैको विद्यमान सहकारी ऐन, नियम र निर्देशनहरुका जटिलतालाई मध्येनजर गर्दा संघहरुको भूमिका अझ दह्रो, प्रभावकारी हुनु पर्ने देखिएको छ ।स्क्यान ( SCAN) कार्यक्रमले संस्थालाई पारेको सकारात्मक प्रभावका विषयमा दाम्राभिट्टा साकोस, रतुवामाईका व्यवस्थापक सोमनाथ अर्याल भन्नुहुन्छः
संस्थालाई नीति, विधि र प्रविधि मार्फत स्तरीय रुपमा सञ्चालनमा सहयोग प्राप्त भएको 
परिवर्तित कानुनी वातावरणमा अनुकुलन हुन सहजता भएको छ
नियमित रुपमा जोखिमहरुको सुपरिवेक्षण गराई जोखिम व्यवस्थापनका उपायहरु अवलम्बन गर्न सजिलो भएको छ
कर्मचारी व्यवस्थापनलाई सहकारीमैत्री बनाउन उत्प्रेरित गर्नुका सार्थ कर्मचारीहरुको हकहितको सुनिश्चितता कायम भएको छ ।
 
WhatsApp Image 2026-10-15 at 17.10.09.jpeg
undefined
कार्यक्रममा आवद्ध सदस्य संस्थाहरु
 
१. रमाइलो जनएकता साकोस कानेपोखरी 
२. जनप्रेमी साकोस बेलबारी 
३. जागृति साकोस कानेपोखरी 
४. लेटाङ साकोस लेटाङ 
५. संसेवन साकोस लेटाङ 
६. मोरङ साकोस लेटाङ 
७. एकीकृत जनभावना साकोस लेटाङ 
८. कनकलक्ष्मी साकोस सुन्दरहरैँचा 
९. विराटेश्वर साकोस विराटनगर 
१०. गोग्राह साकोस विराटनगर
११. रेमिट साकोस ग्रामथान
१२. लालीगुराँस साकोस बेलबारी
१३. महालक्ष्मी साकोस बुढीगंगा
१४. सम्झौता साकोस विराटनगर
१५. मनकामना साकोस पथरीशनिश्चरे
१६. अष्टलक्ष्मी साकोस पथरीशनिश्चरे
१७. दाम्राभिट्टा साकोस रतुवामाईँ
१८. विरेन्द्रनगर साकोस पथरीशनिश्चरे
१९. नारीसंकल्प साकोस उर्लाबारी
२०. शुभचन्द्रसूर्य साकोस उर्लाबारी
 
४. संस्था प्रवर्धन, विकास र सुरक्षा कार्यक्रम (Institution Promotion Development & Security Programme-IPDS)
विषयगत जिल्ला बचत संघहरु मध्ये नेपाल मै पहिलो पटक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङको ३२औं वार्षिक साधारणसभा (कार्तिक २७ गते, २०८३) बाट पारित गरी नेफ्स्कूनका स्तरीकरण कार्यक्रमलाई टेवा पुर्याउने उद्देश्यले संस्था प्रवर्धन, विकास र सुरक्षा (Institution Promotion Development & Security Programme-IPDS)  सुरुवात गरिएको हो । यस कार्यक्रममा आवद्ध भई सकेपछि सदस्य संस्थाहरुलाई विभिन्न तालिमहरुको सहजीकरण लगायत नियामक निकायमा वित्तीय विवरण पठाउन सहजीकरण गरिनेछ ।
WhatsApp Image 2026-10-15 at 17.10.08 (1).jpeg
undefined
कार्यक्रमले समेटेका कार्यहरु
सञ्चालक तथा लेखा सुपरिवेण समितिको क्षमता विकास तालिम
वित्तीय सारक्षता तालिम
सदस्य उत्प्रेरणा तालिम
विस्तारित मञ्च कार्यक्रम
सघन अनुगमन तथा निरिक्षण र पृष्ठपोषण
आधारभूत कार्यविधि निर्माणमा सहजीकरण
सहकारी सिद्धान्तको परिपालनाको मापन
नियामक निकायमा वित्तीय विवरण पठाउन विवरण निर्माणमा निरन्तर सहजीकरण
उल्लेखित कार्यक्रमका लक्षित उपलब्धीहरु निम्नानुसार प्राप्त हुने अपेक्षा संघले लिएको छ । 
सदस्यहरु सहकारीको अवधारणा, दर्शन, मूल्य, मान्यता र सिद्धान्तबाट दिक्षित भई वित्तीय परिचालन क्षमतामा वृद्धि गराउने छ ।
प्रचलित सहकारी ऐन, नियम, निर्देशन तथा मापदण्डका साथै संस्थाको आन्तरिक कार्यविधि र बचत तथा ऋण सेवाको जानकारी गराउने छ  ।
संस्थाका कामकुरा, गतिविधि र कार्यविधि निर्माणमा सदस्यहरुको सक्रिय सहभागिता हुन्छ ।
संस्थामा सुशासन कायम गर्न सघाउ पुर्याउनेछ ।
जोखिम पहिचान, न्यूनिकरण गर्दै सुरक्षित र दिगो संस्था निर्माण हुनेछ
उत्तम विकल्पको छनौटमा सहजता ल्याउनेछ ।
संचालक समिति, लेखा सुपरिवेक्षण समिति तथा व्यवस्थापनको क्षमता विकास र जिम्मेवार बनाउँछ ।
सहकारी ऐन, नियम परिपालना र संस्थाको आन्तरिक कार्यविधि कार्यान्वयनले सुरक्षित संस्था निर्माण हुनुका साथै दण्ड, जरिवाना र कार्वाहीबाट बच्न सकिनेछ ।
कार्यविधि निर्माण र समायानूकुल परिमार्जनले संस्था सञ्चालनमा सहजता र सुरक्षित बनाउनेछ ।
 
संस्था प्रवर्धन, विकास र सुरक्षा (IPDS) कार्यक्रमले संस्थालाई पारेको सकारात्मक प्रभावका विषयमा भाग्योदय गाउँले साकोस, लेटाङकी व्यवस्थापक तीर्था कुमारी कार्की भन्नुहुन्छः
संस्थाहरुको संस्थागत विकासमा सहयोग पुर्याएको छ
संस्थाका सञ्चालक तथा कर्मचारीहरुको क्षमता विकास गराएको छ
संस्थाका सदस्यसम्म पुगेर कार्यक्रम सञ्चालन गर्ने गरेको छ
संस्थामा सुशासन र पारदर्शिता कायम गरेको छ
संस्थालाई नीति, विधि र प्रविधिमा सञ्चालन गर्न प्रोत्साहन र सहयोग गरेको छ
संस्थालाई व्यवस्थित र सदस्य केन्द्रीत बनाउन महत्वपूर्ण सहयोग गरेको छ
जोखिम व्यववस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा प्रभावकारी बनाउन सहयोग गरेको छ
 
कार्यक्रममा आवद्ध संस्थाहरु 
१. सूर्यज्योति साकोस सुन्दरहरैँचा 
२. दुलारी साकोस सुन्दरहरैँचा 
३. दौतरी बलिया साकोस सुन्दरहरैँचा 
४. न्यू जनएकता साकोसस बेलबारी 
५. सुगम साकोस विराटनगर 
६. सुनपकुवा स्वावलम्बी साकोस उर्लाबारी 
७. एकता भलुवा साकोस केराबारी 
८. केराबारी नारीविकास साकोस केराबारी 
९. जनमुखी साकोस कानेपोखरी 
१०. सातमेडी साकोस रतुवामाई 
११. शनिश्चरे साकोस पथरीशनिश्चरे 
१२. श्री जनकल्याण साकोस मिक्लाजुङ 
१३. हाम्रो साकोस उर्लाबारी 
१४. जनप्रेमी साकोस बेलबारी 
१५. लालीगुराँस साकोस बेलबारी 
१६. सिजुवा साकोस रतुवामाई 
१७. गोविन्दपुर साकोस रतुवामाई 
१८. मानगढ साकोस बुढीगंगा 
१९. जनकल्याण साकोस लेटाङ 
२०. नमूना साकोस लेटाङ 
२१. भाग्योदय गाउँले साकोस लेटाङ 
२२. नेवाः साकोस लेटाङ 
२३. पञ्चमुखी साकोस लेटाङ
२४. उर्लाबारी साकोस उर्लाबारी
२५. ग्रामिण साकोस उर्लाबारी
२६. प्रकृति महिला कल्याण साकोस सुन्दरहरैँचा
२७. आदर्श साकोस कानेपोखरी
२८. बयरवनमहिला साकोस कानेपोखरी
२९. महाभारत जेफाले साकोस केराबारी
३०. बुढासुब्बा यांशिला महिला साकोस केराबारी
३१. त्रिमूर्ती साकोस रंगेली
३२. निहारिका साकोस सुन्दरहरैँचा
३३. तीनजुरे साकोस सुन्दरहरैँचा
३४. सफाउर्जा साकोस सुन्दरहरैँचा
३५. चुरेफेदी महिला साकोस मिक्लाजुङ
३६. स्वाती साकोस विराटनगर
३७. नयाँ गारेटो साकोस लेटाङ
३८. पवित्र साकोस उर्लाबारी
३९. कान्ति साकोस उर्लाबारी
४०. केरौन साकोस कानेपोखरी
४१. जनसम्पर्क साकोस कानेपोखरी
४२. जनविकास साकोस कानेपोखरी
४३. जनचेतना साकोस कानेपोखरी
४४. समझदारी साकोस उर्लाबारी
४५. महालक्ष्मी साकोस बुढीगंगा
४६. सौगात साकोस विराटनगर
 
जिल्ला बचत संघ मोरङभन्दा कैयौं समय पछि स्थापना भएका संघहरु स्थापनाकालदेखि नै व्यवसायिक गतिविधिमा अग्रसर भएपनि २०५६ सालदेखि नै यस संघले सदस्य संस्थाहरुलाई सुशिक्षित बनाउनका लागि शिक्षा, तालिम, गोष्ठी, अनुगमन तथा निरीक्षणका कार्यहरु गर्दै आएको छ । हालसम्मको अभिलेख हेर्ने हो भने संघले २२० वटा तालिम गोष्ठीका माध्यमबाट ३२८२ जना महिला र ४३७७ पुरुषलाई तालिम दिई क्षमता विकासका कार्यहरुमा योगदान गरेको छ ।
 
जिल्ला बचत संघ मोरङले कहिल्यै पनि पुँजी संकलनलाई मात्र प्राथमिकता दिएन । सदस्य संस्थाहरुको भविष्य कसरी दिगो, भरपर्दो र सुरक्षित बनाउन सकिन्छ भनेर निरन्तर लागि पर्यो । संघमा आवद्धता जनाइ यसका गतिविधिमा निरन्तर सहभागिता जनाउने संस्थाहरु हालसम्म सुरक्षित रहेका छन् ।
 
५. सङ्घले गरेका उल्लेख्य कार्यहरु
२०५३ सालदेखि महिला सञ्चालकको अनिवार्य प्रतिनिधित्व 
२०५४ सालदेखि संस्था अनुगमन तथा निरिक्षण कार्यको थालनी 
२०५६ देखि सहकारी सम्बन्धी तालिम सञ्चालन थालनी
२०५८ सालदेखि अन्तरलगानी कार्यको थालनी 
नेफ्स्कूनको छैटौं साधारणसभा (२०५५ माघ १०,११ र १२ गते, तालिम केन्द्र लेटाङ) र तेह्रौं साधारणसभा (२०६१।३।४।५ विराटनगर) को व्यवस्थापन 
२०६० जेठ २ गतेदेखि अध्यक्ष सचिव गोष्ठी सञ्चालन 
२०६१ बैशाखदेखि बचत समाचार प्रकाशन (जिल्ला बचत सङ्घद्वारा प्रकाशन भएको नेपाल कै पहिलो बचत समाचार, सम्पादकः केशबप्रसाद पोखरेल)
२०६३ सालमा एकरुपता सम्बन्धी कार्यपत्र प्रस्तुत 
२०६७ सालदेखि तरलता व्यवस्थापन कोष सञ्चालन 
२०६८ सालमा एकीकरण सम्बन्धी कार्यपत्र प्रस्तुत (२०६३ सालदेखि नै संस्था एकीकरण भएको)
२०६९ र २०७६ सालमा स्मारिका प्रकाशन
२०७१ सालदेखि साप्ताहिक घुम्ती बचत सञ्चालन  
२०७१ असार ३ गते नेफ्स्कूनको २४८ औं बैठक सङ्घको सभाकक्ष, बेलबारीमा व्यवस्थापन
२०७१ सालमा देशका विभिन्न स्थानमा गएको बाढीपहिरो पिडितका लागि ४७ वटा सदस्य संस्थाबाट रु १,६६,३४८।०० अक्षरेपी एक लाख छैसठ्ठी हजार तीन सय अड्चालीस रुपैया संकलन गरी नेफ्स्कून मार्फत सहयोग प्रदान ।
२०७२ साल बैशाख १२ गते गएको महाभूकप्प पिडितका लागि ८९ वटा सदस्य संस्थाबाट रु ६,६८,२५१।०० अक्षरेपी छ लाख अड्सठ्ठी हजार दुई सय एकाउन्न रुपैया संकलन गरी नेफ्स्कून मार्फत सहयोग प्रदान ।
अध्यक्ष सचिव गोष्ठीमा प्रस्तुत कार्यपत्रहरुको सङ्गालो (२०६०‐२०७४) प्रकाशन 
२०७४ सालको सहकारी ऐन र सहकारी नियमावली २०७५ जारी भएपश्चात क्षेत्रगतरुपमा (१४ स्थानमा) सहकारी ऐन तथा नियमावली सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन
सहकारी ऐन, २०७४ र नियमावली, २०७५ निःशुल्क वितरण 
२०७५ सालदेखि साकोस गोष्ठी सञ्चालन (हरेक ३, ३ वर्षमा) 
२०७६ सालदेखि नेफ्स्कून जिल्ला बचत सङ्घ साझेदारी कार्यक्रम (CURBS) सञ्चालन 
रजत बर्ष २०७६ को सन्दर्भमा संस्थापक सदस्य संस्था सम्मान
२०७७ सालदेखि स्थानीय पालिकासंग समन्वय र सहकार्यका लागि साकोस युनिट गठन र सञ्चालन 
२०७८ बाट साथीसङ्घ प्रवद्र्धन कार्यक्रम सञ्चालन 
२०८० जेठ २० गते सङ्घ स्थापनाका १९ जनालाई संस्थापक सम्मान
२०८२ सालदेखि संस्था प्रवर्धन, विकास र सुरक्षा (IPDS) कार्यक्रम संचालन
२०८२ सालदेखि २०६१ सालबाट प्रकाशन गरिदै आएको बचत समाचारलाई डिजिटलाइजेशन गरिएको 
  
निष्कर्षमा भन्नु पर्दा, सहकारी संस्थाका छाता संघहरुसँग निरन्तर सम्पर्क समन्वय गरी विभिन्न तालिम गोष्ठीमा प्रभावकारी सहभागिता जनाएका सदस्य संस्थाहरु सुरक्षित छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मोरङले गत सालबाट सञ्चालनमा ल्याएको संस्था प्रवर्धन, विकास र सुरक्षा (IPDS) कार्यक्रममा सदस्य संस्थाहरुको आकर्षण दिनानुदिन बढिरहेको छ । यस कार्यक्रमले केन्द्रीय संघको एक्सेस, प्रोवेशन र कर्ब्स कार्यक्रम भन्दा सदस्यमूखी, संस्था प्रवर्धन, विकास र सुरक्षा समेतलाई समेटेकोले सदस्य संस्थाहरुको आकर्षण बढेको निष्कर्ष छ ।
1_11zon.jpg
undefined
  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार