काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड लगातार तेस्रो वर्ष अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित भएको छ।
बैंकले सन् २०२४ र २०२५ पछि सन् २०२६ मा पनि उक्त अवार्ड प्राप्त गरेको हो। यससँगै ग्लोबल आइएमई बैंकले लगातार तीन वर्ष अन्तर्राष्ट्रियस्तरको यो सम्मान प्राप्त गरेको छ। थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यावसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, दिगो कर्जा प्रवाह र प्रभावकारी जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको प्रमुख आधार बनाएको जनाएको छ।
समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न वित्तीय संस्थालाई अलग–अलग विधामा सम्मान गरिएको थियो। सम्मानित हुने संस्थाहरूमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंकलगायत रहेका थिए।
बैंकका अनुसार ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गर्ने ग्लोबल आइएमई पहिलो नेपाली बैंक हो। ग्लोबल फाइनान्सले विभिन्न मूल्याङ्कनका आधारमा विश्वका केन्द्रीय तथा वाणिज्य बैंकहरूलाई सम्मान गर्दै आएको छ।
यसअघि पनि ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, सन् २०२४, २०२५ र २०२६ मा ‘बेस्ट बैंक नेपाल’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ २०२२, २०२४ र २०२५ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका पुरस्कार प्राप्त गरेको जनाएको छ।
बैंकले यो अन्तर्राष्ट्रिय सम्मानले सेवाको गुणस्तर सुधार, प्रविधिमैत्री बैंकिङ विस्तार र ग्राहक सेवामा थप सुधार गर्न प्रोत्साहन मिलेको उल्लेख गरेको छ। साथै, बैंकले आफ्नो प्रगतिमा योगदान पुर्याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंकसहितका नियामक निकाय, शेयरधनी, कर्मचारी र ग्राहकप्रति आभार व्यक्त गरेको छ।
मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमईले हाल ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयमार्फत सेवा प्रवाह गर्दै आएको जनाएको छ।
बैंकका अनुसार एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा उपलब्ध गराइँदै आएको छ। साथै, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउने कार्यमा पनि बैंक सक्रिय छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com