Oct 28 2026 | २०८३, कात्तिक ११ गते

Oct 28 2026 | २०८३, कात्तिक ११ गते

Follow us

दशैँमा एमबैंकको अफर: १० हजार नगददेखि स्मार्टवाच अनि इयरबड जित्ने अवसर !

दशैँमा एमबैंकको अफर: १० हजार नगददेखि स्मार्टवाच अनि इयरबड जित्ने अवसर !

काठमाडौं । एमबैंक टेक्नोलोजी प्रा.लि.ले यसपालिको दशैँमा पनि डिजिटल कारोबारमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।  मोबाइल बैंकिङ प्ल्याटफर्म ‘एम बैंक’ ले यो दशैंमा एमबैंक एपमार्फत डिजिटल कारोबार गर्दा नगद पुरस्कारदेखि स्मार्टवाच तथा इयरवड जम्म जित्न सकिने जनाएको छ । कम्पनीले उक्त अवसरको फाइदा उठाउन सबैलाई आग्रह पनि गरेको छ ।

अफरअनुसार आज असोज २५ गते घटस्थापनादेखि कार्तिक १० गतेसम्म एमबैंक मोबाइल बैंकिङबाट बस वा हवाई टिकट बुक गर्दा १०,००० रुपैयाँसम्मको बम्पर पुरस्कार जित्न सकिने छ । त्यस्तै, दोस्रो अफर अन्तर्गत दशैँको सप्तमी, अष्टमी र नवमीका दिन एमबैंक एपबाट कुनै पनि कारोबार गर्दा रिमार्क्समा एमबैंक डिजिटल दशैं लेख्न आग्रह गर्दै उक्त योजनाअन्तर्गत प्रत्येक दिन एक भाग्यशाली विजेताले आकर्षक इयरबड जित्ने सक्ने जनाएको छ ।

त्यस्तै, तेस्रो अफरअन्तर्गत दशमीको दिन प्रत्येक कारोबारको  रिमार्क्समा एमबैंक डिजिटल दशैं लेख्न आग्रह गर्दै उक्त योजनाअन्तर्गत एक भाग्यशाली विजेताले अल्टिमाको स्मार्टवाच जित्नसक्ने जनाएको छ ।

एमबैंकले भनेको छ- 'यसपालिको दशैँमा एमबैंकबाट डिजिटल कारोबार गर्नुहोस्, खुसी बाँड्नुहोस् र आकर्षक उपहार जित्ने अवसरको फाइदा उठाउनुहोस् ! यो दशैँ, एमबैंकसँगै - कारोबार पनि सजिलो, उपहार पनि रमाइलो ।'

सहकारीको डिजिटल रूपान्तरणलाई आफ्नो लक्ष्य बनाउँदै सुरु भएको मोबाइल बैंकिङ प्ल्याफर्म ‘एम बैंक’ आज ११ वर्षमा यात्रारत छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार