Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'कोशी प्रदेश लगानी सम्मेलन -२०८१' तयारी पुरा

'कोशी प्रदेश लगानी सम्मेलन -२०८१' तयारी पुरा

काठमाडौं । कोशी प्रदेश लगानी सम्मेलन २०८१’ यही वैशाख १८ र १९ गते हुने भएको छ । बुधवार पत्रकार सम्मेलन आयोजना गरी प्रदेश सरकारले सम्मेलनबारे जानकारी गराएको हो ।

यसअघि सरकारले गत माघमै सम्मेलनको गर्ने योजना बनाएको थियो । प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना, र निजी क्षेत्रको सहभागिता अभिवृद्धिका लागि सम्मेलन आयोजना गर्न लागिएको जनाइएको छ ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मेलनको तयारी पुरा भएको जानकारी गराए । लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरू समेटिएको र त्यसबाहेक उद्योग र आइटी क्षेत्रलाई पनि समेटेको मुख्यमन्त्री कार्कीले जानकारी गराए ।

लगानी सम्मेलनमा १ खर्ब ३९ अर्ब रुपैयाँ रुपैयाँको ५४ वटा योजनाहरू परियोजना प्रस्तुत गर्ने तयारी प्रदेश सरकारको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार