काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को संघ, प्रदेश र स्थानीय सरकारहरूको एकीकृत वित्तीय विवरण सार्वजनिक गरेको छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले सोमबार उक्त प्रतिवेदन अर्थमन्त्री रामेश्वर खनाल र महालेखापरीक्षकलाई बुझाएका हुन् ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ५ बमोजिम तयार पारिएको सो प्रतिवेदन अर्थ मन्त्रालय र महालेखा परीक्षकको कार्यालयमा समेत पेस गरिएको छ । नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रही सङ्घीय सञ्चित कोषको सञ्चालन गर्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयले यो विवरण पेस गरेको जनाएको छ ।
प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा संघ, प्रदेश र स्थानीय सरकारहरूको सञ्चित कोष १ खर्ब ८ अर्ब ९९ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै,सञ्चित कोष ऋणात्मक रहेता पनि समग्र नगद अवस्था भने १ खर्ब ४ अर्ब १३ करोड ८४ लाख रुपैयाँले धनात्मक देखिएको छ ।
संघ, प्रदेश र स्थानीय सरकारका साथै अतिरिक्त बजेटरी निकायहरूको विभिन्न कोषमा रहेको रकमका आधारमा कुल नगद तथा बैंक मौज्दात १ खर्ब ८८ अर्ब ९४ करोड ५८ लाख रुपैयाँले धनात्मक रहेको प्रतिवेदनमा उल्लेख छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com