काठमाडौं । परराष्ट्र मन्त्री बालानन्द शर्मा बंगलादेशका पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी भएका छन् । पूर्व प्रधानमन्त्री जियाको उपचारका क्रममा यही पुस १५ गते ८० वर्षको उमेरमा निधन भएको हो ।
बङ्लादेशको ढाकामा बुधवार परराष्ट्र मन्त्री शर्माले पूर्व प्रधानमन्त्री जियाको पार्थिव शरीर राखिएको समाधिस्थल पुगेर नेपाल सरकारकोतर्फबाट पुष्प गुच्छा अर्पण गरेको बङ्लादेशस्थित नेपाली दूतावासले जनाएको छ ।
परराष्ट्र मन्त्री शर्माले जियाका पुत्र तथा बंगलादेश नेशनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग भेट गरी नेपाल सरकार तथा नेपाली जनताकोतर्फबाट समवेदना व्यक्त गरेका थिए । सो अवसरमा मन्त्री शर्माले पूर्व प्रधानमन्त्री जिया बंगलादेशको राजनीतिक तथा लोकतान्त्रिक यात्रामा महत्त्वपूर्ण योगदान पुर्याउने विशिष्ट राजनेत्री रहेको उल्लेख गरे
जवाफमा रहमानले अन्त्येष्टिमा उपस्थित भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेकामा परराष्ट्र मन्त्री शर्मालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा दुई देशबीचको उत्कृष्ट मित्रता र सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए ।
आजै दिउँसो परराष्ट्र मन्त्री शर्माले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार महामहिम प्रा डा। मुहम्मद युनुससँग शिष्टाचार भेट गरेका थिए । सो अवसरमा उनले नेपालका प्रधानमन्त्री सुशीला कार्कीबाट स्व जियाको निधनप्रति समवेदना व्यक्त गरिएको सन्देश प्रमुख सल्लाहकारलाई हस्तान्तरण गरेका थिए ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com