१७ पौष, भक्तपुर। सहकारीको सातौं सिद्धान्त “समुदायप्रति चासो” मा आधारित रहेर सिद्धि गणेश सहकारीले खुल्ला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय रेटिङ २००० मुनिका खेलाडीहरूलाई बुद्धिचाल स्पर्धाको अवसर जुराउँदै आफ्नै नाममा सिद्धि गणेश सहकारीले प्रतियोगिता सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा गरेको छ।
प्रतियोगिताका संयोजक विष्णु राम डुमरुका अनुसार पौष १८ र १९ गते दुई दिन सञ्चालन हुने रापिड बुद्धिचाल खेलमा १८ जना विजयी खेलाडीहरूले कुल नगद पुरस्कार ५१ हजार प्राप्त गर्ने छन्।
संयोजक डुमरुले प्रथम स्थान हासिल गर्ने खेलाडिले नगद रु. १० हजार पुरस्कार प्राप्त गर्ने जानकारी गराएका छन्। खेलमा द्वितीय हुनेले रु. ७ हजार, तृतीय हुनेले ५ हजार एवं दशौं स्थान सम्म आउने खेलाडीले नगद पुरस्कार हात पार्ने छन्।
यस्तै विधागत पुरस्कार तर्फ उत्कृष्ट महिला, सिनियर खेलाडी, नव प्रवेशी, उत्कृष्ट स्थानीय, १९ सय, १८ सय, १७ सय रेटिङ मुनिका खेलाडी, युवा १६ वर्षका खेलाडी समेतले पुरस्कार पाउने भएका छन्।
प्रमुख निर्णायक आइए ज्ञानेन्द्र खाइजुले प्रतिस्पर्धा स्विस लिग अन्तर्गत ९ चरणको खेल सञ्चालन हुने जानकारी गराएका छन्। खाइजुका अनुसार प्रत्येक चरण १० मिनेट १० सेकेन्ड इनक्रिजमेन्ट टाइम कन्ट्रोलमा खेलाइने छ भने डाइरेक्ट इन्काउन्टर, बुछोल्स् कटवानटु टाइब्रेकर नियम लागु हुने जानकारी गराएका छन्।
भक्तपुर ७ को खन्च स्थित सिद्धि गणेशको ट्रेनिङ सभा हलमा पहिलो दिन १० बजे देखि जम्मा ४ चरणको खेल हुनेछ भने दोश्रो दिन ५ चरणको खेल पश्चात पुरस्कार वितरण समारोह सम्पन्न गर्ने आयोजकले जानकारी गराएका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com