Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
द्धिपक्षीय सम्झौतामा हस्ताक्षर

अजम्बरी साकोसका सदस्यहरुलाई तिलगंगा सिटी आई सेन्टरमा छुट

अजम्बरी साकोसका सदस्यहरुलाई तिलगंगा सिटी आई सेन्टरमा छुट

काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नं. ६, बौद्ध मुख्य कार्यालय रहेको अजम्बरी बचत तथा ऋण सहकारी संस्था लि. का सदस्यहरुले का.म.पा. ७, चावहिल, चुच्चेपाटी स्थित तिलगंगा सिटी आई सेन्टर प्रा.लि.मा आँखा सम्बन्धि सेवा लिदा छुट सुविधा पाउने भएका छन् ।

सामान्य आँखा जाँच, परामर्श सेवा एवं डायोगोनिस्टिक टेस्टमा १० प्रतिशत, चश्मा, लेन्स लगायत अन्य सम्बन्धित प्रोडक्टमा १५ प्रतिशत र थेरापी, सर्जरी सम्बन्धि सेवामा सम्बन्धित चिकित्सकसँग परामर्श गरी ५ प्रतिशत छुट सुविधा पाउने भएका छन भने सहकारी संस्था र तिलगंगा सिटी आई सेन्टर प्रा.लि.को सहकार्यमा आवधिक रुपमा अजम्बरी सहकारी संस्थाका सदस्यहरुलाई आँख शिविर सञ्चालन गर्ने समेत सम्झौता भएको छ ।

तिलगंगा सिटी आई सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.सारिका अमात्य (पिएचडी) र अजम्बरी सहकारीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गान्वा सुनुवारले २०८२ साल पौष १७ गते (जनवरी १, २०२६) बाट लागु हुने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा साकोसकी व्यवसाय विभाग प्रमुख सरस्वती तामाङ तथा तिलगंगा सिटी आई सेन्टरकी अपरेशनल म्यानेजरकल्पना भण्डारीको पनि उपस्थिति थियो ।

WhatsApp Image 2026-01-01 at 19.33.05.jpeg
द्धिपक्षीय सम्झौता

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार