Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी केन्द्र नेपालको भर्त्सना र स्पष्टोक्ति

सहकारी केन्द्र नेपालको भर्त्सना र स्पष्टोक्ति

काठमाडौं । सहकारी केन्द्र नेपालले राजनीतिक दलका संगठन सदस्यहरुले सहकारी संघ संस्थाको सञ्चालक बनी आर्थिक अपचलनका साथै कर्मचारीमाथि हातपात जस्तो अमानवीय कार्य गरेको भन्दै निन्दा गरेको छ । कर्मचारीमाथि सञ्चालकबाट भएको भौतिक आक्रमणको र यस किसिमको प्रवृत्तिको घोर भर्त्सना गर्दै सत्य बुझी दोषी माथी तुरुन्तै कारवाहीको माग केन्द्रले गरेको छ ।

साथै यस्ता व्यक्तिका नामहरु आफ्नो संगठन सहकारी केन्द्र नेपालसँग जोडी भ्रम फैलाइएको भन्दै त्यसको पनि निन्दा गरेको छ । 

सहकारी केन्द्र नेपाल केन्द्रिय समितिका महासचिव ईश्वरी प्रसाद पाण्डेले आज विज्ञप्ति जारी गरी सहकारी कर्मचारी माथी कुटपिट गरिएको भन्ने बाह्रय प्रचारमा केन्द्रीय संगठन र उसका सदस्यहरु कही कतै संलग्न नरहेको समेत स्पष्ट पारेको छ । 

यसैगरी, विज्ञप्तिमा भनिएको छ,  'साथै सहकारी ठगी संचालकहरुको नाम प्रतिनिधि सभाको समानुपातिक तर्फ सिफारिस गरी सहकारीको गरिमा माथि आँच आउने गतिविधि नगर्न सम्पुर्ण राजनीतिक दलहरुमा आग्रह गर्दछौं ।'
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार