पोखरा, १९ पौष । जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १९, लामाचौरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शुशील के.सी. कास्की बचत तथा ऋण सहकारी संघ लि.ले प्रदान गर्ने एफ डब्लु राइफाइसन अवार्डबाट सम्मानित भएका छन् । संघको शनिबार सम्पन्न भएको २५ औँ वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट व्यवस्थापक विधा अन्तर्गत एफ डब्लु राइफाइसन अवार्डबाट केसी सम्मानित भएका हुन्।
२०६३ सालबाट जयमनकामना बचत तथा ऋण सहकारी संस्था लि.बाट कार्यालय व्यवस्थापक पदबाट सहकारी क्षेत्रमा प्रवेश गरेका थिए । २०७२ मा तत्कालिन जयलक्ष्मी कृषि सहकारी संस्था लि.को स्थपनाकालिन सचिवको तथा प्रबन्ध सञ्चालकको रुपमा रहेका सिइओ केसी विगत ५ वर्षदेखि जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १९ मा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् ।
सम्मानित सिइओ केसीले सहकारी अभियानमा विभिन्न समयमा उतारचढाब आए तापनि अविचलित भई धैर्यता अपनाएर क्षणिक लाभमा नलागी निरन्तर सदस्यको सेवामा लाग्ने हो भने सफलता हात पर्ने रहेछ भन्ने अनुभुत भएको बताए । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्यामा पनि नियामक निकायको नीति र विधि अनुसार समुदाय केन्द्रीत भएर सञ्चालन भएका संस्थाहरुमा केही समस्या नदेखिएको र सदस्यलाई समस्या आउनुको कारण बुझाएर जाने हो भने देशको आर्थिक संकटमा पनि सहकारी संस्था थप अब्बल भएर अगाडी बढ्ने विश्वास व्यक्त गरेको पोखराबाट श्रीराम सुवेदीले जानकारी गराउनुभएको छ ।
हाल उनी कार्यरत रहेको संस्थाको प्रधान कार्यालय पोखरा ११ रानीपौवा रहेको छ भने पोखरा १९ लामाचौर र माछापुच्छ«े गाउँपालिका वडा नं. २ भुर्ज·खोला सहित २ ओटा सेवा केन्द्र कार्यालय रहेको छ। जम्मा शेयर सदस्य दुई हजार पाँच सय रहेका छन् भने कुल ३८ करोडको कारोबार रहेको सहकारी संस्थामा हाल १५ जना कर्मचारी कार्यरत रहेका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com