Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

एनसेलद्वारा बार एसोसिएसनलाई आईसीटी उपकरण

एनसेलद्वारा बार एसोसिएसनलाई आईसीटी उपकरण

काठमाडौं । एनसेलले जेन जी आन्दोलकका क्रममा क्षति भोगेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) उपकरण सहयोग स्वरुप प्रदान गरेको छ।

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सोमबार एक कार्यक्रममाझ यी उपकरणहरु हस्तान्तरण गरेको हो।

भदौ २३ र २४ गतेको जेनजी युवा समूहको विरोध प्रदर्शनका कारण उत्पन्न भएको तोडफोड र आगजनीका कारण नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनको भौतिक संरचना, कार्यलयका जिन्सी सामग्रीदेखि अभिलेख कागजातहरुमा समेतमा अत्यधिक क्षति भएको थियो । यो सहयोगले कार्यलयका दैनिक कार्य सञ्चालनमा सहयोग पुग्ने भएको छ।

एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ, कानुन प्रबन्धक कैलाश प्रसाद न्यौपानेलगायतका प्रतिनिधीहरुले नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. एवं वरिष्ठ अधिवक्ता विजय प्रसाद मिश्रलाई ल्यापटप २ थान, डेक्स टप १ थान र प्रिन्टर २ थान, र सर्वोच्च अदालत बार एसोसिएसनका कार्यवाहक अध्यक्ष अम्बर बहादुर राउतलाई १ थान ल्यापटप, २ थान डेक्सटप र १ थान प्रिन्टर हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार