Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

चैत १ गतेदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु गरिंदै

चैत १ गतेदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु गरिंदै

काठमाडौं । नेपालमा दोस्रो पटक राष्ट्रिय आर्थिक गणना सञ्चालन हुने भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नारासहित चैत १ देखि असार मसान्तसम्म देशभर आर्थिक गणना गर्न लागिएको जानकारी गराएको छ ।

तथ्याङ्क कार्यालयले सोमबार आर्थिक गणनाको तालिका, लोगो र नारा सार्वजनिक गर्दै तयारी प्रक्रिया सुरू भएको जानकारी गराएको हो। पहिलोपटक यो गणना वैशाख २०७५ मा सम्पन्न भएको थियो। दोस्रोपटक हुने गणनामा उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी–सार्वजनिक संस्थाहरूबाट आर्थिक विवरण, उत्पादन, रोजगारी र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गरिनेछ।

यस पटकको आर्थिक गणना २०७५ को गणनाभन्दा सुधार गरेर गर्ने योजना रहेको र समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको तथ्याङ्क कार्यालयले जनाएको छ।

आर्थिक गणनामा ५ हजार प्रशिक्षित गणकहरू नियुक्त गरिने र विभिन्न १८ वटा क्षेत्रको आधारभूत तथ्याङ्क सङ्कलन हुने कार्यालयको योजना छ। तथ्याङ्क सङ्कलनका लागि वैशाख २ गतेदेखि असार ७ गतेसम्म तालिमप्राप्त गणक तथा सुपरिवेक्षकहरू स्थलगत रूपमा खटिनेछन्।


२०७५ सालको पहिलो राष्ट्रिय आर्थिक गणनामा देशभर ९,२३,३५६ प्रतिष्ठानरव्यवसाय गणना गरिएका थिए। ती प्रतिष्ठानमा जम्मा ३२,२८,४५७ व्यक्ति संलग्न रहेको पाइएको थियो। प्रतिष्ठानरव्यवसायमा करिब २९.६५ महिला व्यवस्थापक रहेका विवरण सार्वजनिक भएका थिए। पहिलो गणनाले औपचारिक र अनौपचारिक प्रतिष्ठानको संख्या लगभग बराबरी रहेको देखाएको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार