Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सर्बोच्च बिकास साकोसको २२ औं बार्षिक साधारणसभा सम्पन्न

सर्बोच्च बिकास साकोसको २२ औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । चाबहिलस्थित सर्बोच्च बिकास बचत तथा ऋण सहकारी संस्था लि.को २३औं वार्षिक साधारण सभा २०८२ साल पौष २६ गते गते शनिबार सम्पन्न भएको छ । आ.ब २०८१/२०८२ मा संस्थाले कुल शेयर पुजी रु २,०२,०३,७००.००, कुल निक्षेप संकलन रु १४,००,०८,७९६.०० (चौध करोड आठ हजार सात सय छयानब्बे मात्र ), कुल कर्जा लगानी रु.११,६२,१३,४६२.०० (एघार करोड बैसठ्ठी लाख तेह्र हजार चार सय बैसठ्ठी मात्र ) गरी कुल आम्दानी २,०८,३६,०००.०० (दुई करोड आठ लाख छत्तीस हजार) गर्दै संचालन मुनाफा रु २०,७९,०००.०० (बीस लाख उनान्असि हजार मात्र) आर्जन गर्न सफल भएको छ ।

WhatsApp Image 2026-01-13 at 11.36.46.jpeg
undefined

संस्थाको सभाहलमा सम्पन्न भएको २३ औं  वार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंधका पुर्बअध्यक्ष केशब प्रसाद बडाल, अतिथि समकक्षी सहकारीहरुका अध्यक्षुहरु, बैकका शाखा प्रमुखहरु तथा पत्रकारहरु रहनुभएको थियो । कार्यक्रम अध्यक्ष तुलाबहादुर बडालको सभापतित्वमा सम्पन्न भएको थियो । जसमा शेयर सदस्यलाई लाभांश बितरण का साथै बार्षीक कार्यक्रमहरु पारित गरिएको थियो । साथसाथै संस्थामा उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

WhatsApp Image 2026-01-13 at 11.36.46 (3).jpeg
undefined


कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत ब्रम्हबहादुर बजगाँईले संस्थाको वार्षिक प्रतिवेदन , भावी कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक विकासराज गौतमले लेखा सुपरिवेक्षण समितिको प्रतीवेदन पेश गर्नु भएको थियो । कायक्रममा संस्थाकी संचालक सदस्य सरिता के. सि.ले स्वागत मन्तब्य राख्नु भएको थियो । साथै उक्त सभामा सल्लाहाकारहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रम  संचालन सचिब माधबराज पन्तले गर्नुभएको थियो संस्थाका प्रमुख कार्यकारी अधिकृत ब्रम्ह बहादुर बजगाँईले जानकारी गराउनुभयो ।

WhatsApp Image 2026-01-13 at 11.36.46 (1).jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार