Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
निजामतीमा अवकाश

अवकाश उमेर ६० वर्ष पुर्‍याउन प्रस्ताव

अवकाश उमेर ६० वर्ष पुर्‍याउन प्रस्ताव

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले कर्मचारीको अवकाश उमेर ६० वर्ष पुर्‍याए करिब ६० अर्ब बचत हुने बताउनुभएको छ ।  शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा अर्थ सचिव उपाध्यायले अवकाश उमेर ५८ बाट एकैपटक ६० वर्ष पुर्‍याए ५० देखि ६० अर्ब बचत हुने मन्त्रालयको धारणा रहेको उल्लेख गर्नुभयो ।

निजामतीमा अवकाशको विषयमा निर्णय लिँदा अन्यत्र पनि असर पर्ने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी लगायतमा समेत असर पर्ने र सबैतिरको जोड्दा एकैपटक अवकाश ५८ बाट ६० वर्ष पुर्‍याए ५० देखि ६० अर्ब बचत हुने बताउनुभएको हो । अवकाश ५८ बाट ६० वर्ष पुर्‍याउने सहमति जुटेको छ । तर, कसरी पास गर्ने भन्नेमा कुरा मिल्न बाँकी छ । ६/६ महिना गरेर २ वर्षभित्र लागू गर्ने कि, एकरएक वर्ष गरेर लागू गर्ने भन्नेमा मत विभाजित छ । यस्तोमा अर्थ मन्त्रालयले एकैपटक ५८ बाट ६० वर्षको प्रावधान लागू  गर्न सुझाएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार