Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
नेतृत्व पूर्वको सक्षमता परीक्षण तालिम

सहकारीमा योग्य र उपयुक्त नेतृत्व चयनले संस्थागत विकृति रोक्छ

सहकारीमा योग्य र उपयुक्त नेतृत्व चयनले संस्थागत विकृति रोक्छ

भक्तपुर । भक्तपर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिद्धारा आयोजित नेतृत्व पूर्वको सक्षमता परीक्षण माघ ३ गते भक्तपुरमा सम्पन्न भएको छ ।

तालिमको समापन कार्यक्रममा संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी ऐन नियम र निर्देशनका कारण सहकारीमा नेतृत्वको संकट हुने अवस्थामा पनि समुदायमा आधारित सहकारी संस्थाका संचालकहरु नेतृत्व पूर्वको सक्षमता परिक्षण तालिममा उत्साहपूर्वको सहभागिताले जनाएको बताए ।

सहकारीमा योग्य र उपयुक्त नेतृत्वको चयनले सहकारी संस्थामा विकृति आउन नदिने उनको भनाइ थियो । उनले व्यक्तिगत स्वार्थले खोलेका संस्थाहरुमा विकृति विसंगति र समस्या आएको बताए ।  समुदायमा आधारित सहकारी संस्थाप्रति सदस्यहरुको विश्वास भएर नै त्यस्ता संस्थामा तरलता बढी रहेको उनको भनाइ थियो । उनले संस्थामा आवद्ध सदस्य संस्थाहरुको संबद्र्धन र प्रवद्र्धन गर्दै संस्थाको दिगो विकास गर्नु नै संघको ध्येय रहेको बताए ।

संघका संचालक एवम् तालिम व्यवस्थापन उपसमितिका संयोजक राजकुमार लघुले तालिमले व्यक्तिलाई थप परिपक्व बनाउने र यसले सदस्यहरुको सेवा गर्ने कार्यमा टेवा मिल्ने बताए । साथै तालिममा सिकेका विषयहरुको बारेमा संस्थामा छलफल गरी व्यवहारमा उतार्न पनि अनुरोध गरे ।

615400776_3795405227260455_4679946497305557495_n.jpg
undefined

प्रशिक्षक बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहाललेसहकारीमा असल अभ्यासलाई लागु गर्दै जानुपर्ने अवश्यकता औल्याए । सरकारले ऐन कानुनमा ल्याउँछ अनि प्रयोगमा ल्याउँछु भनेर बस्ने प्रवृत्तिले विकृतिलाई प्रश्रय दिने भएकोले राम्रो कुराको अनुसरण जति सक्दो चाँडो गर्नुपर्ने उनको भनाइ थियो ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले सहकारी संस्थामा नेतृत्व पूर्व नै सक्षमता परीक्षण संस्थाको निर्वाचन निर्देशिकामा उल्लेख गरी निर्वाचनको बेलामा योग्य र उपयुक्तता परिक्षणको विधि स्थापित गर्नुपर्ने विचार राखे । स

हकारीका सबै सदस्यले नेतृत्व चयन हुने वातावरण सिर्जना गर्न यस्ता तालिमले नेतृत्व क्षमता बृद्धि विकास गर्नमा टेवा पुर्याउने उनको भनाई थियो । साथै उनले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा समयमै दर्ता अभिलेखिकरण गर्न अनुरोध गर्दै दर्ता अभिलेखिकरणमा समस्या भएमा संघमा सम्पर्क गरे सहजीकरण गरिने जानकारी गराए ।

615479934_3795402860594025_904899528240024671_n.jpg
undefined

कार्यक्रममा सहभागीको तर्फबाट भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का नारायणी खोंजू र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि.का शेखर भट्टराईले मन्तव्य राखेका थिए । तालिम व्यवस्थापन उपसमितिका सदस्य भिमसेन श्रेष्ठको स्वागत रहेको सो तालिममा बागमती प्रोस्कूनकी कार्यक्रम अधिकृत विमला पुडासैनी, संघमा आवद्ध सदस्य संस्थाहरु, संघका पदाधिकारी एवम् कर्मचारीहरु समेत गरी ६३ जनाको सहभागीता थियो । उक्त कार्यक्रम संचालन संघका वित्त तथा प्रशासन अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गरेका थिए ।

615810131_3795404957260482_5280567757067832572_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार