ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ/संस्थाहरुलाई सदस्य पहिचान विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ ।
बैंकले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ (क), नियमावली २०८१ को नियम ४ र ५, नेपाल राष्ट्र बैंक तथा सहकारी विभागबाट जारी निर्देशन र प्रचलित कानुन बमोजिम सदस्य पहिचान विवरण अद्यावधिक नगरेका सदस्यहरूसँग कारोबार जारी राख्दा कानुनी जटिलता देखिएको जनाएको छ । सोही कारण २०८२ माघ १९ गतेभित्र अनिवार्य रूपमा सदस्य पहिचान विवरण अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो ।
बैंकको सञ्चालक समितिको २०८२ पौष ३० गते बसेको बैठकको निर्णयअनुसार बैंकसँग आबद्ध सम्पूर्ण सदस्य संघ/संस्थाले २०८२ माघ १९ गतेभित्र आफ्नो विवरण अद्यावधिक गरिसक्नुपर्नेछ । तोकिएको समय सीमाभित्र विवरण अद्यावधिक नगरिएमा प्रचलित कानुन तथा निर्देशनअनुसार सम्बन्धित सदस्यसँगको कारोबार रोक्का गर्नेसहित आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बैंकले सूचनामार्फत स्पष्ट पारेको छ ।
वित्तीय पारदर्शिता कायम राख्न तथा सम्भावित कानुनी जोखिम न्यूनीकरण गर्न यो प्रक्रिया अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै बैंकले सबै सदस्यहरूलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको छ । यस सम्बन्धी थप जानकारी आवश्यक परेमा नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com