काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिकाले जग्गा प्रशासनसम्बन्धी मालपोत कार्यालयको सेवा सुरु गरेको छ । मालपोत सेवा सुरु गर्ने कागेश्वरी मनोहरा पहिलो स्थानीय तह बनेको हो ।
नगरपालिकाको पहलमा सुरु भएको यो सेवा निकट भविष्यमै काठमाडौँ, झापा, पोखरा, मोरङ तथा पश्चिम क्षेत्रका गरी देशका अन्य १० वटा स्थानीय तहमा लागू गर्ने तयारी भइरहेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङ्नामले कागेश्वरी मनोहराबाट सुरु गरिएको यो अभ्यास स्थानीय सरकारको अधिकार कार्यान्वयनतर्फको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले यस सेवाबाट सेवाग्राहीलाई सहजता हुने, समय र खर्चको बचत हुनुका साथै मालपोत सेवामा देखिँदै आएको विचौलियाको भूमिकामा कमी आउने विश्वास व्यक्त गरे ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले लामो प्रयासपछि आफ्नै नगरपालिकाबाट जग्गा प्रशासनसम्बन्धी मालपोत सेवा सुरु हुन लागेकोमा प्रसन्नता व्यक्त गरे । उनले अब स्थानीय नागरिकहरूलाई मालपोत कार्यालयसम्म धाउनुपर्ने झन्झट हट्ने, सेवा अझ सहज, छरितो र पारदर्शी हुने विश्वास व्यक्त गर्नुहुँदै कागेश्वरी मनोहरा नगरपालिकालाई नमुना स्थानीय तहका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com