Sep 21 2026 | २०८३, असोज ५ गते

Sep 21 2026 | २०८३, असोज ५ गते

Follow us

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने

आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं । आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

निर्वाचन आयोगको आज बसेको बैठकले चुनावमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरि आयोगले आचारसंहिता लागू गरेको बताए ।

आचारसंहिताबारे आजै आयोगका पदाधिकारीहरूले मन्त्रिपरिषद्का सदस्य र उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी गराउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार