भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्धन उसमितिले माघ ६ गते पुँजी पर्याप्तता अनुपात (CAR) गणना तालिम सम्पन्न गरेको छ । संघका अध्यक्ष हरिकृष्ण बल्लले संघको कार्य सदस्य संस्थालाई शिक्षा तथा तालिम उपलब्ध गराउने, बहस पैरवी र अन्तरलगानी रहेको बताए ।
उनले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड बैक वित्तीय संस्थाको प्रभावमा परेको बताए । सहकारीको मर्म भन्दा पनि नितान्त बैंक वित्तीय संस्था सरहको प्रतिवेदन तथा विवरण पेश गर्नुपर्ने व्यवस्थाले मापदण्ड परिपालनामा चुनौती थपेको उनले बताए । जारी मापदण्डको परिपालना गर्न प्राविधिक पक्षहरुको ज्ञान हुन आवश्यक रहेको बताउदै तालिमले सहकारी संस्थाहरुको जोखिम मूल्यांकन र न्यूनीकरणमा टेवा पुग्ने उनको भनाइ थियो । उनले सिकेको कुरा व्यवहारमा उतार्न अनुरोध समेत गरे ।
संघका कोषाध्यक्ष एवम अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्र्धन उपसमितिका संयोजक कृष्णश्वरी मचामसीले तालिमले संघको महत्वलाई थप पुष्टि गरेको बताए । उनले संघहरु भएर नै नियमनकारी निकायले जारी गर्ने विभिन्न निर्देशन तथा मापदण्डका प्राविधिक पक्षकोबारे प्रारम्भिक संस्थाहरुलाई समयमै जानकारी एवं प्रशिक्षण दिन सकेको जिकिर गरे । तसर्थ संघहरुको सम्वर्द्धन र प्रवर्धन गर्नुपर्ने राज्यको पनि दायित्व भएको उनले प्रष्ट पारे ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी मापदण्डका प्राविधिक पक्ष पुँजी पर्याप्तता अनुपात गणना गर्न सकोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । उनले बचत तथा ऋण सहकारी संस्थाले मात्र अवधिका आधारमा २७ वटा विवरण तथा प्रतिवेदनहरु सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था भएपनि सम्बन्धित निकायले सो प्रतिवेदनका विषयमा कुनै चासो नराखेकोले प्रभावकारी हुन नसकेको बताए । उनले एकद्धार नीतिबाट मापदण्ड जारी तथा प्रतिवेदन एवं विवरण बुझ्ने व्यवस्था गर्न सके मात्र सहज र प्रभावकारी हुने भनाइ राखे ।
तालिमका प्रशिक्षक नवराज घोरासाइनेले सहजीकरण गर्दै वित्तीय विवरणहरुको विश्लेषण गर्ने तरिकाहरु सिकाए । उनले पुँजी पर्याप्त नभए लाभांश वितरण गर्न नपाउने भन्दै यसलाई वेवास्ता गर्न नहुने बताए । यदि पुँजी पर्याप्तता अनुपात कायम नभए कि सदस्यसँग पुँजी उठाउने अथवा विभिन्न कोषमा रहेको रकम आर्थिक वर्ष सकेपछि जगेडा कोषमा सार्नुपर्ने कुरा बताए ।
तालिममा अन्तरलगानी तथा वित्तीय सेवा प्रवर्धन उसमिति सदस्य योगेन्द्र खर्बुजाले धन्यवाद मन्तव्य राख्दै तालिमको सार्थकता व्यवहारमा लागु भए पछि मात्र हुने बताए । संघका अन्तरलगानी तथा वित्तीय सेवा प्रवद्र्धन उसमितिको सदस्य अनिल कुमार सुवालले तालिम समापन कार्यक्रम संचालन गरेका थिए । उक्त तालिममा सदस्य संस्थाहरुमध्येबाट ४० जना व्यवस्थापक एवं बरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com