काठमाडौं :। व्यावहारिक बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुले सरकारलाई सुझाउनुभएको छ । कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन उहाँहरुले अर्थमन्त्री समक्ष सुझाव राख्नुभएको छ ।
अर्थ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी परामर्शमा पूर्व अर्थमन्त्रीहरुले लोकप्रिय र नारामा केन्द्रित नभैइ व्यावहारिक बजेट ल्याउन सुझाव दिएका हुन् । त्यसैगरी उनीहरुले बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न पनि सुझाव दिनुभएको हो ।
पूर्व अर्थमन्त्रीहरुले धेरै आयोजनाहरु प्रस्ताव गर्ने भन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयन योग्य आयोजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । त्यस्तै स्वास्थ्य, शिक्षा र आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि सुझाव दिनुभयो ।
पूर्व प्रधानमन्त्री एवं अर्थमन्त्री डा. बाबुराम भट्टराई,पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत,पूर्व अर्थमन्त्री वर्षमान पुन,पूर्व अर्थमन्त्री जनार्दन शर्मा लगायतले लोकप्रिय र नारामा केन्द्रित नभई व्यावहारिक, कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com