काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई दिएको छ । हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत पौडेललाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् गृह मन्त्री ओमप्रकाश अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका नेपाल बीमा प्राधिकरणको संचालक समितिको अध्यक्षको रुपमा कामकाज गर्ने गरि तोक्ने निर्णय गरेको जानकारी दिए ।
नेपाल बीमा प्राधिकरणको अध्यक्षनको जिम्मेवारी यस अघि जनक राज शर्माले सम्हाल्दै आएका थिए । तत्कालिन अध्यक्ष शरद ओझाको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका कारण सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया समेत बिचमै रोक्नु परेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com