Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

राष्ट्रिय सहकारी महासंघको आयोजनामा आज र भोलि ‘दोस्रो राष्ट्रिय युवा तथा प्रविधि सम्मेलन २०८२’ हुँदै

राष्ट्रिय सहकारी महासंघको आयोजनामा आज र भोलि ‘दोस्रो राष्ट्रिय युवा तथा प्रविधि सम्मेलन २०८२’ हुँदै

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आज र भोलि (माघ १३ र १४ गते) ‘दोस्रो राष्ट्रिय युवा तथा प्रविधि सम्मेलन २०८२’ हुँदैछ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा सम्मेलन “प्रविधि–मैत्री उद्यममा युवाको नेतृत्व” भन्ने मूल थिमका साथ सम्पन्न हुने जनाइएको छ।

निशुल्क सहभागितामा हुने सम्मेलनमा ४० बर्ष भन्दा कम उमेरका युवाहरुले सहकारीमार्फत् गरेको उद्यम व्यवसायलाई सम्मेलनमा प्रदर्शन पनि गरिने संयोजक सुमन नेपालले जानकारी दिए ।उनले सम्मेलनमा प्रविधि प्रयोगमा भएगरेका नविनतम अभ्यासलाई समेत सम्मेलनमा समेट्ने बताए । सम्मेलनमा देशभरबाट २५० भन्दा बढी युवाहरु सहभागी हुने जनाइएको छ ।

सम्मेलनमा नीति नियम निर्माण गर्ने देखि, बैंक तथा वित्तीय संस्था, सहकारी संघ संस्थाका प्रतिनिधिलाई एउटै छानामुनि जमघट गराएर सहकारीले युवाहरुलाई उद्यमशील बनाउन खेलेको भूमिका, सहुलियत तथा व्यवसायिक कर्जाको व्यवस्था र प्रविधिको प्रयोग जस्ता विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिने जनाए । हेरिटेज गार्डेन, सानेपा, ललितपुरमा हुने सम्मेलनको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री कुमार इङनामले उद्धघाटन गर्ने जनाइएको छ ।

यस्तो छ सम्मेलनको आइटीनरी

पहिलो सत्रमा ‘आर्थिक सशक्तिकरण र उद्यममा युवाको नेतृत्व’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.रामशरण खरेलको कार्यपत्र रहनेछ भने राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईं, नेफ्स्कूनका सिइओ डा.शिवजी सापकोटा, युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष अनिल पौडेल, स्टार्ट अप इन्नोभेसन फोरमकी सभापति जुना माथेमा प्यानलिष्टको रुपमा रहनेछन् ।

त्यसैगरी ‘सहकारी मार्फत स्वरोजगार र उद्यमशीलता प्रवर्धन: सम्भावना र चुनौती’ विषयमा सानाकिसान लघुवित वित्तीय संस्थाका डिसिइओ झलेन्द्र प्रसाद भट्टराईले प्रस्तुतिकरण तथा मोडरेट गर्नेछन् भने । तरकारी कृषक झापाका भोज बहादुर तामाङ, धादिङका युद्ध न्यौपाने, भैरहवाकी माछा कृषक सजना चौधरी, तनहँुका बाख्रापालक शिव कुमार आले, झापाका केराखेती कृषक चन्द बहादुर आले, पृथ्वीनगरका चिया कृषक देवी कोइरालाले अनुभव सुनाउनेछन् ।

त्यसका साथै सहारा नेपाल, एनएमसी लगायतका सहकारी संस्थाले सदस्यहरुलाई उद्यमी बनाउन कसरी काम गरिराखेका छन भन्ने विषयमा श्रव्यदृश्य सामग्री प्रस्तुत गरिनेछ । त्यसैगरी ‘डिजिटल रुपान्तरणमा प्रविधि र युवा’ विषयमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टमका सिइओ डा.सन्जिब सुव्बाको प्रस्तुति रहेको छ ।

नबिल बैंकका सिइओ मनोज ज्ञवाली, एइसीका सिइओ दिपेन्द्र जोशी, कनेक्ट कृषिका राजन दाहाल लगायतबाट टेक्नोलोजी ट्रान्सफरमेशनका विषयमा छलफल हुने छ । युवा मैत्री अर्थतन्त्र निर्माणमा राष्ट्रिय दृष्टिकोण, विषयमा अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखाका सह सचिव महेश भट्टराई र  उद्योग तथा वाणिज्य मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले प्रस्तुतिकरण गर्नेछन् ।

युवा तथा खेलकुद मन्त्रालयका उप सचिव जगदिश पराजुली, सहकारी विभागका रजिष्ट्रार लगायतको प्रस्तुतीकरण हुने जनाइएको छ ।  त्यसैगरी सहकारीहरुले उद्योग व्यवसाय गर्न र उत्पादित वस्तुको व्राण्डिङ गर्न विभिन्न भोग्नुपरेका समस्याहरु, सहकारीमार्फत् उद्यम व्यवसाय गर्न सरकारले गरेको व्यवस्था र आगामी दिन के कस्ता नीति बनाउँछ भन्ने विषयमा फ्लोरबाट युवाहरुले जिज्ञासा तथा सुझाव राख्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार