ललितपुर । राष्ट्रिय सहकारी महासंघ नेपालले आयोजना गरेको 'दोस्रो राष्ट्रिय युवा तथा प्रविधि सम्मेलन २०८२' मा धादिङको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाबाट दुई जना सहभागी छन् । दुबै जना सञ्चालक समितिबाट । अनि दुबै जना युवा । हो, उनीहरु दुबै राष्ट्रिय युवा नीतिले निर्धारण गरेको सीमा भित्रै अर्थात् दुबै जना 'अन्डर फोर्टी' ।
धिप्री डटकमले आज जनकल्याण साकोसका सञ्चालकहरु वसन्त सिलवाल र मञ्जु पाण्डेसँग संक्षिप्त कुरा गर्ने मौका पायो । युवा सम्मेलनमा दुबै जना पहिलो पटक सहभागी भएका कारण आफ्ना लागि धेरै नयाँ कुरा हुने, उपलब्धिमूलक हुने र संस्थामा काम लाग्ने विश्वास व्यक्त गरे । सम्मेलनबाट धेरै कुरा सिकिन्छ भन्ने उनीहरुले ठानेका छन् ।
पहिलो कुरा गरौं, पहिलो पटक सञ्चालक बनेका वसन्त सिलवालको । धादिङको बेनिघाट रोराङ–३ मलेखु रिचोकटार स्थित जनकल्याण साकोसको २९औं वार्षिक साधारणसभाले २०८२ पुस १५ गते उनलाई सञ्चालक पदमा सर्वसम्मत चयन गर्यो । संयोग कस्तो भने, जनकल्याण साकोसले यसै वर्षबाट सञ्चालक समितिमा १८ देखि ३५ वर्ष उमेर समूहका एक सदस्य अनिवार्य निर्वाचित हुने नीतिगत व्यवस्था लागू गरेको हो । र, सिलवाल सोही कोटा अन्तर्गत निर्वाचित भएका हुन् । सिलवाल अहिले ३२ वर्षका भए । २०७४ सालमा जनकल्याणको सदस्य बनेका सिलवाल जनकल्याण साकोसको केन्द्रीय कार्यालयका छिमेकी अर्थात् एउटै वडाबासी हुन् ।
उनले भने, ‘१८ देखि ३५ वर्षको खुल्ला सदस्य एक जना भनेर सूचना आएपछि मैले पनि उम्मेदवारी दर्ता गराए । अरु दुई जनाको पनि उम्मेदवारी परेको थियो तर उहाँहरुले छोड्नुभयो ।’ उनी एउटा निजी कम्पनीमा काम गर्छन् ।
अनी, जनकल्याण साकोसकी सञ्चालक मञ्जु पाण्डे पनि ४० वर्ष मुनिकै हुन् । उनी ३८ वर्षकी भइन् । पाण्डेको भने यो दोस्रो कार्यकाल हो । २०७४ सालमा महिला सशक्तिकरण उपसमितिमा सदस्य भई काम गरेकी उनी २०७८ सालमा सञ्चालक बनिन् र यो पटक दोहोरिन् । उनी २०६६ सालदेखिनै जनकल्याणमा सदस्यका रुपमा आवद्ध छिन् । उनी पनि एउटै वडाबासी हुन्-जनकल्याण साकोसको । जनकल्याण साकोसाम युवा सहभागिता निक्कै राम्रो भएको दुबै जनाले बताए । कर्मचारीका रुपमा पनि युवाहरुको नै बाहुल्यता रहेको उनीहरुले बताए ।
यो पटकको समितिमा युवाहरुको सहभागिता राम्रो भएको उनीहरुले जीकिर गरे । त्यस्तै, सदस्यहरु पनि धेरै युवा भएको सिलवाल र पाण्डेले बताए ।
दुबै जना भन्छन्, ‘सहकारीमा युवा सहभागिता बढाउन आवश्यक छ । प्रविधिसँग र उद्यमसँग युवालाई सहकारीले जोड्ने हो भने अभियानलाई दिगो, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सकिन्छ । यो सम्मेलनले युवासँग प्रविधि कसरी जोडिन्छ भनेर सिकाउने अपेक्षा गरेका छौं । अनि, विश्वास पनि छ ।'
‘
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com