काठमाडौं । दोलखाको सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले बिगतका वर्षहरुदेखि संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति लगाएत बिभिन्न उपसमितिहरुमा भविष्यमा नेतृत्व गर्न चाहने तथा बिनियम र निर्वाचन नियमावली बमोजिम आवश्यक योग्यता पुरा भएका ईच्छुक शेयर सदस्यहरुलाई नेतृत्व पुर्व तालिम (फिट एण्ड प्रपर टेष्ट) को ब्यवस्था गर्दै आए बमोजिम २०८२ माघ १६ र १७ गते दुई दिवसीय तालीम सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को सन् २०१३ जनवरीमा प्रकाशित 'ब्लुप्रीन्ट फर अ कोअपरेटिभ डिकेड' भन्ने दशक खाकामा सहकारीका भावि नेतृत्वलाई पुर्व तालीम आवश्यकता पर्दछ भन्ने कुरा उल्लेख गरिएको थियो । यसै अवधारणालई आत्मासाथ गर्दै संस्थाले बिनियममा ब्यवस्था गरी स्वीकृती लिएर तथा निर्वाचन नियमावलीमा ब्यवस्था गरेर संस्थामा भविश्यमा नेतृत्वमा जाने आवश्यक योग्यता पुगेका शेयर सदस्यहरुलाई यो तालीमको ब्यवस्था गर्दै आएको हो ।
नेपालमा यस्तो तालिमको सुरुवात मिलिजुली कालिञ्चोक साकोसले सुरु गरको, यो अन्य संस्थाहरुमा पनि उपयोगि हुने तथा राज्यको नियमनकारी निकाय (नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी बिभाग) ले यस्तो तालीम सबै संस्थालाई अनिवार्य गर्नुपर्ने कुरा संस्थाका अध्यक्ष श्री कृष्ण बहादुर गौतम बताउनुहुन्छ ।
संस्थाले आयोजना गरेको उक्त तालीमको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष रामदास श्रेष्ठको प्रमुख आतित्थ्यतामा भएको थियो भने समापन कार्यक्रम बागमती प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्काको प्रमुख आतित्थ्यतामा भएको थियो । उद्घाटन तथा समापन समारोहको अध्यक्षता संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमले गर्नुभएको थियो । उक्त तालीममा प्राविधिक सहयोग नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को रहेको थियो । उक्त तालिम नेफ्स्कून तालीम केन्द्रका प्राचार्य बल्लभ तिमल्सीनाले सहजिकरण गर्नु भएको थियो । तालीममा पुरुष ३४ जना र महिला १९ जना गरी ५३ जनाको सहभागिता रहेको थियो ।
राज्यको सहकारी ऐनमा समितिको काम कर्तब्य र अधिकारमा सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम सहकारी संस्थाको सञ्चालन गर्ने, आर्थिक तथा प्रशासकीय कार्य गर्ने गराउने, साधारणसभा बोलाउने, साधारणसभाका निर्णयहरु कार्यान्वयन गर्ने गराउने, सहकारी संस्थाको नीति योजना बजेट तथा बार्षिक कार्यक्रमको तर्जुमा गरी साधारणसभा समक्ष पेश गर्ने, सदस्यता प्रदान गर्ने तथा हटाउने, शेयर र सदस्यता सम्बन्धि कार्य गर्ने, विनियम तथा आन्तरिक कार्यविधि तयार गरी साधारणसभामा पेश गर्ने, संस्थाको कारोवार र ब्यवसाय हितको प्रवद्र्धनको लागि कार्य गर्ने गराउने भन्ने उल्लेख गरीएको छ ।
यसैगरी लेखा सुपरीवेक्षण समितिको काम कर्तब्य र अधिकारमा प्रत्येक चौमासिक अवधिमा लेखापरीक्षणका आधारभूत सिद्धान्त प्रयोग गरी आन्तरीक लेखापरीक्षण गर्ने गराउने, बित्तीय कारोवारको निरिक्षण र मुल्यांकन गर्ने गराउने, समितिको काम कारवाहीको नियमित सुपरिवेक्षण गर्ने र समितिलाई आवश्यक सुझाव दिने, साधारणसभा तथा समितिको निर्णय कार्यान्वयनको अवस्था परिक्षण गर्ने, साधारणसभामा लेखापरीक्षण र समितिका काम कारवाहीको बारेमा बार्षिक प्रतिवेदन पेश गर्ने, आफुले दिएको सुझाव सञ्चालक समितिले कार्यान्वयन नगरी संस्थामा संकट आएको अवस्थामा बिशेष साधारणसभा बोलाउन समिति समक्ष सिफारिस गर्ने, आवश्यकता अनुसार आन्तरीक लेखापरीक्षक नियुक्तिका लागि समितिमा सिफारिस गर्ने, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी संस्थाको आर्थिक तथा दैनिक प्रशासनिक कार्यमा सहभागि हुन नपाउने आदी कुराहरु ब्यवस्था गरीएको छ ।
उल्लेखित ब्यवस्थाहरुको बारेमा नेतृत्वमा जानुपुर्व जानकारी गराउनको लागि भविश्यमा सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिमा जाने ब्यक्तिले पहिलानै जानकारी पाउँनु पर्दछ वा सिकाउनु पर्दछ भन्ने मान्यता राखी संस्थाको बार्षिक साधारणसभाले भविश्यका सम्भावित नेतृत्वको लागि पूर्व तालीम दिनुपर्ने ब्यवस्था बिनियममा गरी सम्बन्धित नियमनकारी निकाय बाट स्वीकृति लिएको र कार्यान्वयनमा ल्याएको कुरा संस्थाका अध्यक्ष बताउनुहुन्छ ।
बर्तमान अवस्थामा सहकारी संस्थाका सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिले सहकारीको सद्धिान्त, मुल्य मान्यता, राज्यमा प्रचलीत सङ्घिय, प्रदेश लगायत स्थानिय ऐन नियमावली मापदण्डको साथै पल्र्स अनुगमन प्रणाली, सदस्यता केन्द्रयता सुचकांक, सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि कानून, प्रविधि प्रयोगको आवश्यकता र बर्तमान प्रयोगको अवस्था, संस्थागत सुशासनको तह मापन बिधि पद्धति, स्तरीकरण कार्यक्रम, स्थिरिकरण कोष, कर्जा सुचना केन्द्र, शेयर सदस्यहरुको समय सापेक्ष माग, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएको सहकारी संस्थाहरुको असल अभ्यास, लेखापरीक्षणमा एनएफआरएस बिधि, मानव संशाधनविच पदिय सृङ्खला र सिमारेखा आदी बिषयको बारेमा भावि नेतृत्वलाई बुझाई पूर्व तयारी अवस्थामा राख्नको लागि पनि भविश्यका सम्भावित सञ्चालकलाई पदमा जानुपुर्व तालीमको आयोजना गर्ने ब्यवस्था मिलाएको संस्थाको ब्यवस्थापक रमेश सापकोटा बताउनुहुन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com