काठमाडौं । सरकारले इरानमा रहेका नेपालीलाई सकेसम्म छिटो स्वदेश फर्कन ‘ट्राभल अड्भाइजरी’ जारी गरेको छ। अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेपछि परराष्ट्र मन्त्रालयले इरानमा रहेकालाई जतिसक्दो छिटो फर्किन र जाने तयारीमा रहेकालाई भ्रमण स्थगित गर्न भनेको हो।
परराष्ट्र मन्त्रालयले भनेको छ, ‘पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौं। हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो इरान छोड्न सल्लाह दिन्छौं।’
इरानमा कति संख्यामा नेपाली छन् भन्ने यकिन तथ्यांक नभए पनि न्यून संख्यामा नेपाली रहेको अनुमान छ।
सरकारले त्यहाँ रहेका नेपालीलाई आफ्ना पासपोर्ट, परिचयपत्रलगायतहरू महत्त्वपूर्ण डकुमेन्टहरू सहजै भेटिने स्थानमा राख्न र समन्वयका लागि नेपालस्थित दूतावास, कतारस्थित दूतावासँग सम्पर्कमा रहिरहन आग्रह गरेको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com