Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

संघहरुमा राखेको बचत तरलतामा गणना गरिनुपर्छः अध्यक्ष मल्ल

संघहरुमा राखेको बचत तरलतामा गणना गरिनुपर्छः अध्यक्ष मल्ल

काठमाडौ । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले प्रारम्भिक सहकारी संस्थाहरुले बचत संघहरुमा राखेको रकमलाई तरलता गणना गर्न पाउनुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको निर्देशनमा यो विषय नअटाएको भन्दै यी लगायत केही प्रावधानहरु संशोधन हुनुपर्ने धारणा राख्नुभएको छ । 
नेपाल राष्ट्र बैकसँग हिजो भएको छलफलमा अध्यक्ष मल्लले केन्द्रीय बैंकको निर्देशन तथा मापदण्डका कतिपय बुँदाले बचत तथा ऋणको कारोबार गर्ने संघहरुलाई समस्या पारेको भन्दै संशोधनको माग गर्नुभएको हो ।
राष्ट्र बैंकको निर्देशनले संघहरुमा राखेको पैसा तरलतामा गणना नहुने भएपछि प्रारम्भिकि संस्थाहरुमा त्यसको प्रतिकूल असर देखिन थालेको भन्दै उक्त विषय यथाशीघ्र सम्बोधनको माग गर्नुभयो । संघहरुबाट बचत फिर्ता जाँदा संघहरु समेत समस्या पर्ने भन्दै अध्यक्ष मल्लले यसलाई कसरी सुरक्षित रुपमा अवतरण गर्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । यो लगायत निर्देशन तथा मापदण्डका केही विषयमा अभियानको सुझावप्रति गम्भीर हुन अध्यक्ष मल्लले राष्ट्र बैंकलाई आग्रह गर्नुभयो ।

मल्ल नेतृत्वको सहकारी अभियानकर्मीहरुको टोलीले गरेको ध्यानाकर्षणप्रति राष्ट्र बैंकले सकारात्मक प्रतिक्रिया जनाउँदै न्योयोचित रुपमा सम्बोधन गरिने जनाएको छ । यद्यपि, सहकारीको नियामक आफू नभई राष्ट्रिय सहकारी नियमन प्राधिकरण भएको भन्दै प्राविधिक सहयोगीको रुपमा मात्र बैंकले काम गर्ने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार