Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

रामपुरमा सहकारी संस्थाका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा दर्तासम्बन्धी अभिमुखीकरण

रामपुरमा सहकारी संस्थाका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा दर्तासम्बन्धी अभिमुखीकरण

रामपुर । पाल्पाको रामपुर नगरपालिका सहकारी शाखाको आयोजनामा रामपुर नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८२ साल माघ २१ र २२ गते सम्पन्न भएको हो।

0197cb41-c1ac-40f0-a43f-6a4de003758f.jpg
undefined

अभिमुखीकरण कार्यक्रममा सम्पत्ति शुद्धिकरण निवारण ऐन, नियमावली तथा निर्देशनको प्रभावकारी कार्यान्वयन, जोखिम पहिचान, सदस्य पहिचान (KYM), अभिलेख व्यवस्थापन तथा goAMLअनलाइन प्रणालीमार्फत प्रतिवेदन पेश गर्ने प्रक्रिया सम्बन्धी विषयमा रामपुर नगरपालिका आर्थिक प्रशासन शाखा प्रमुख हृदयेश पन्थीले प्रस्तुतीकरण गरेका थिए ।

2732784c-0337-4d04-8c2c-2649889f41a7.jpg
undefined

त्यसैगरी, राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्बन्धी विषयमा रामपुर नगरपालिका सहकारी शाखा प्रमुख गणेश प्रसाद रेग्मीले सहजीकरण गरेका थिए । कार्यक्रममा सहकारी संस्थाले कानुनी दायित्व समयमै पूरा नगरेमा लाग्न सक्ने जोखिम तथा दण्डका विषयमा समेत स्पष्ट जानकारी गराइएको थियो। कार्यक्रममा सहभागीहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अनलाइन प्रणालीमार्फत दर्ता तथा विवरण अद्यावधिक गर्ने प्रक्रियाको प्रयोगात्मक अभ्यास गराइएको थियो। अभिमुखीकरण कार्यक्रम सहकारी शाखाको आयोजना तथा व्यवस्थापनमा सम्पन्न भएको हो।

कार्यक्रम सहभागीहरूले उपयोगी तथा व्यावहारिक भएको प्रतिक्रिया दिएका छन्। यस किसिमका कार्यक्रमले सहकारी क्षेत्रको पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार