काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका-४ स्थित नव विकास बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित चन्द्रपुर नगरपालिका अन्तर्गतको मावि (कक्षा ११ र १२) स्तरीय हाजिरी जवाफ प्रतियोगितामा चन्द्रपुर-९ सिन्दुरेघारीस्थित जनजागृति माध्यमिक विद्यालय प्रथम, चन्द्रपुर-५ चन्द्रनिगाहपुरस्थित मुन लाइट एकेडेमी द्धितिय र चन्द्रपुर-६ चन्द्रनिगाहपुरस्थित जनज्योति माध्यमिक विद्यालय तृतीय भएका छन् । यसैगरी, सान्त्वना पुरस्कार चन्द्रपुर-६ चन्द्रनिगाहपुरस्थित बालनिकेतन आवासीय विद्यालयले प्राप्त गरेको छ ।
प्रतियोगितामा बागमती माध्यमिक विद्यालय, चन्द्रपुर-१ गोपालकुटी, जनशक्ति माध्यमिक विद्यालय, चन्द्रपुर-३, गैंडाटार, मुन लाइट एकेडेमी, चन्द्रपुर-५, चन्द्रनिगाहपुर, माउन्ट एभरेस्ट आवासीय माध्यमिक विद्यालय, चन्द्रपुर-५, चन्द्रनिगाहपुर, बाल निकेतन आवासीय विद्यालय चन्द्रपुर-६, चन्द्रनिगाहपुर, जनज्योति माध्यमिक विद्यालय, चन्द्रपुर-६, चन्द्रनिगाहपुर, श्री सुबलाल भागवत माध्यमिक विद्यालय चन्द्रपुर-८ सन्तपुर र जनजागृति माध्यमिक विद्यालय चन्द्रपुर-९, सिन्दुरेघारी गरी ८ विद्यालय सहभागी भएका थिए ।
नवविकास साकोसले एसएमटी ग्लोबल एजुकेशन एण्ड भिजा सर्भिसेजसँगको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरेको साकोसका मुख्य व्यवस्थापक यज्ञ प्रसाद प्रसाईले बताए । समुदायमा आधारित सदस्य केन्द्रित नवविकास साकोसले युवाहरुलाई सहकारीप्रति आकर्षण बढाउन र उनीहरुको सक्षमता अभिवृद्धिका लागि विगत ३ वर्षदेखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त प्रतियोगिताको यो चौथो संस्करण अन्तर्गत विजयी विद्यालयहरु प्रथम, द्धितिय, तृतीय र सान्त्वनालाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । नवविकास साकोसले आगामी वर्ष पनि प्रतियोगिता निरन्तरता दिइने बताउँदै विजयी सम्पूर्णमा बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com