Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने बंगलादेशका प्रधानमन्त्रीको कामना

नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने बंगलादेशका प्रधानमन्त्रीको कामना

काठमाडौं । बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि नेपालमा निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गर्नुभएको छ ।

बंगलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मंगलबार साँझ भएको भेटमा नेपालमा आसन्न संसदीय निर्वाचनको सफलताको शुभकामना व्यक्त गरेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यस अवसरमा मन्त्री शर्माले बंगलादेशको प्रधानमन्त्री भएकोमा उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले पठाएको बधाई सन्देश हस्तान्तरण गर्नुभएको थियो ।

सन्देशमा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री रहमानलाई बधाई दिँदै दुवै देश र जनताका साझा हितका लागि आपसी सम्मान, साझा प्रतिबद्धता र साझेदारीको भावनाका साथ उनीसँग काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।

उक्त दूतावासका अनुसार परराष्ट्रमन्त्री शर्माले निर्वाचन सफलतापूर्वक सञ्चालन गरी लोकतान्त्रिक प्रक्रियामा सहज सङ्क्रमण सुनिश्चित गरेकोमा बंगलादेश सरकारको सराहना गर्दै नेता रहमान नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल प्राप्त गरेकामा बधाई ज्ञापन गर्नुभयो ।

प्रधानमन्त्री रहमानले शपथग्रहण समारोहमा सहभागी भएकोमा मन्त्री शर्मालाई धन्यवाद दिँदै यसले नेपाल सरकार र जनताका तर्फबाट बंगलादेश सरकार र जनताप्रति दर्शाइएको सद्भाव र एकता प्रतिबिम्बित गरेको बताउनुभयो ।

नेपाल र बंगलादेशबीचको दिगो साझेदारी अझ सुदृढ बनाउने साझा प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री रहमान र परराष्ट्रमन्त्री शर्माले व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउनेबारेमा छलफल गर्नुभएको थियो ।

त्यसअघि, परराष्ट्रमन्त्री शर्मा बंगलादेशको नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको शपथग्रहण समारोहमा पनि सहभागी हुनुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार