Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

गोपाल दाहालको अध्यक्षतामा कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेको नयाँ समिति चयन

गोपाल दाहालको अध्यक्षतामा कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रेको नयाँ समिति चयन

काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब काभ्रे (सीएमसी काभ्रे को अध्यक्षमा गोपाल दाहाल चुनिनु भएको छ । क्लबको आज सम्पन्न तेश्रो वार्षिक साधारण सभाले ज्योति मिर्मिरे सामुहिक साकोसका प्रमुख कार्यकारी अधिकृत दाहालको अध्क्षतामा नयाँ संचालक समिति चयन गरेको हो । 

क्लबको उपाध्यक्षमा पाँचखालको आर्थिक विकास मित्र साकोसका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारी, सचिवमा आभाष साकोस बनेपाका प्रमुख कार्यकारी अधिकृत सुवास बैद्य तथा कोषाध्यक्षमा लक्ष्मी महिला साकोस काभ्रेका मनोज रायमाझी चयन हुनुभएको छ । 

त्यसैगरी क्लबको संचालक सदस्यमा एक्सेस साकोसका अरुण थापा, सक्षम साकोसकी पार्वती थापा, महिला आधारशिला साकोसकी यशोदा बोगटी, सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्थाका गौतम प्रजापती र वासडोल सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका अनन्त तिमल्सिना निर्विरोध निर्वाचित चयन हुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार