Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

१२ निर्माण व्यवसायी कालोसूचीमा सिफारिश

१२ निर्माण व्यवसायी कालोसूचीमा सिफारिश

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिने लिखित स्पष्टीकरण सोधेको छ । 

कार्यालयले आज सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।

कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाइँदैन ।

image-65.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार