काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध ‘छिट्टै अन्त्य हुने’ बताएसँगै विश्वबजारमा तेलको मूल्य घट्न थालेको छ । हिजो सोमबार ट्रम्पले अन्तर्राष्ट्रिय युद्ध चाँडै घोषणा हुने बताउनुभएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । सँगै ट्रम्पले इरानलाई विश्वव्यापी तेल आपूर्ति मार्ग अवरुद्ध नगर्न चेतावनी समेत दिनुभएको छ । उहाँले स्ट्रेट अफ हर्मुजमा जहाज आवागमन अवरुद्ध गरे अमेरिकाले इरानमाथि पहिलाभन्दा २० गुणा कडा प्रहार गर्ने चेतावदी दिनुभएको थियो ।
उक्त घोषणासँगै एसियाली मुलुकहरूमा आज मंगलबार बिहानको कारोबारमा विश्वव्यापी कच्चा तेलको मूल्य घटेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२।५० डलर पुगेको छ भने अमेरिकामा कारोबार हुने तेलको मूल्य पनि झण्डै ९ प्रतिशत घटेर प्रति ब्यारेल ८८.६० डलरमा झरेको छ ।
तर पनि, हालको मूल्य अझै पनि युद्ध सुरु भएको समयको तुलनामा करिब ३० प्रतिशत बढी रहेको बताइएको छ । तेलको मूल्य घटेपछि एसियाली सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com