Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरेना नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा स्वीटजरल्यान्ड गग्लीएल्मो एरेना नियुक्त हुनुभएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आजसामाजिक सञ्जालमार्फत टोलीको मुख्य प्रशिक्षकमा एरेनालाई नियुक्त गरेको जानकारी गराएको हो । एरेनाको सम्झौता १ मार्चदेखि २०२७ फेब्रुअरी अन्तिमसम्म हुनेछ। एरेना यसअघि लाओसको यू(२३ टोलीको केयरटेकरको भुमिकामा हुनुहुन्थ्यो ।

 ७ सयभन्दा बढी आवेदकमध्ये एरेना छनोट हुनुभएको हो । 

एक वर्षको सम्झौता भए पनि आर्थिक पक्ष भने आपसी सहमतिमा निर्धारण गरिएको एन्फाले जनाएको छ  मुख्य प्रशिक्षक एरेनालाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गर्नुभएको छ ।

अब एरेनाको प्रशिक्षणमा नेपाली टोलीले पहिलो खेल हङकङविरुद्ध मार्च २६ मा त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार