Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

एकीकरण प्रयोजनका लागि सर्बोच्च बिकास साकोस र बुलबुले साकोसको संयुक्त साधारण सभा सम्पन्न

एकीकरण प्रयोजनका लागि सर्बोच्च बिकास साकोस र बुलबुले साकोसको संयुक्त साधारण सभा सम्पन्न

काठमाडौं । चाबहिलस्थित सर्बोच्च बिकास बचत तथा ऋण सहकारी संस्था लि.र बुलबुले बचत तथा ऋण सहकारी संस्था लि को संयुक्त साधारण सभा फागुन २९ गते गते शुत्रलबार सम्पन्न भएको छ । दुबै सस्था एकीकरण (मर्ज) को प्रयोजनको लागी एकीकरणका विभिन्न सर्त तथा एजेण्डामा बृहत छलफल गरी सभा सम्पन्न भएको छ ।

संस्थाको सभाहलमा सम्पन्न भएको संयुक्त साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंधका पूर्वअध्यक्ष केशब प्रसाद बडाल रहनु भएको थियो भने कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष तुलाबहादुर बडाल रहनुभएको थियो । जसमा एकीकरण(मर्ज) को विभिन्न निर्णयहरु पारित गरिएको थियो । साथसाथै संस्थामा तुला बहादुर बडालको अध्यक्षतामा ७ सदस्यीय तर्दथ संचालक समिति तथा खगेन्द्र खरेलको संयोजकत्वमा ३ सदस्यीय तर्दथ लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ ।

कार्यक्रममा संस्थाका सचिब माधबराज पन्तले स्वागत मन्तब्य राख्नु भएको थियो । साथै उक्त सभामा सल्लाहाकारहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत ब्रम्हबहादुर बजगाँईले गर्नुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार