काठमाडौं । सुनसरी जिल्लाको दुहबी नगरपालिका ५ स्थित श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त गरैसँगै बचत तथा ऋणको कारोबारलाई व्यवस्थित रुपमा अगाडि बढाउन बलिया कानूनी आधार तय भएको जनाएको छ । साकोसले अब संस्थागत यात्रा अझै बलियो बन्ने विश्वास लिएको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरकणले बचत तथा ऋणको कारोबार गर्न श्री जनकल्याण साकोसलाई आज इजाजत प्रदान गरेको छ । यसले गर्दा सदस्यहरुको विश्वास अझ बढ्ने र संस्थागत वृद्धिमा सकारात्मक टेवा पुग्ने संस्थाले जनाएको छ ।
प्राधिकरणले श्री जनकल्याण साकोसलाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम प्राधिकरणमा दर्ता गरी सञ्चालन इजाजपत्र प्रदान गरेको हो ।
बाह्र बाह्र अर्थात् १२ महिना १२ गतेको मिठो संयोग समेत जुरेको श्री जनकल्याण साकोसको इजाजतपत्र नं. २०५७ ०४५७७ रहेको छ । अनि दुई दुई दुई (२०८२/१२/१२) को अर्को संयोग पनि जुरेको छ । श्री जनकल्याण साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा पनि आवद्ध भैसककेको छ ।
श्री जनकल्याण साकोस २०८२ साल पौष १० गते स्क्यान कार्यक्रममा आबद्ध भएको थियो । यस्ता आवद्धताहरुले संस्थाको छवि निर्माणमा पनि सहयोग पुग्ने व्यवस्थापक मनोज कुमार सुतिहारले बताउनुभयो ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com