Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भोलिदेखि सहकारीहरुको तथ्यांक संकलन, गणकहरुलाई सहयोग गर्न आग्रह

भोलिदेखि सहकारीहरुको तथ्यांक संकलन, गणकहरुलाई सहयोग गर्न आग्रह

काठमाडौं । सहकारी विभागले सहकारी संस्था सर्वेक्षण प्रक्रिया भोलि २०८२ चैत १९ गतेदेखि शुरु हुने भन्दै उक्त प्रक्रियामा आवश्यक सहयोग तथा समन्वयका लागि सम्बन्धित सबैसँग आग्रह गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालय र सहकारी विभागको सहकार्यमा राष्ट्रिय कुल ग्राहस्थ उत्पादन जीडीपीमा सहकारी क्षेत्रको योगदान मापनका लागि गर्न लागिएको भन्दै विभागले त्यसमा सहयोगको लागि सहकारी संघ संस्थाहरुसँग आग्रह गरेको हो ।

विभागले सूचना जारी गरी भनेको छ, 'सहकारी संस्था सर्वेक्षण, २०८२ को स्थलगत तथ्यांक संकलनको लागि चैत्र १९ देखि २०८३ असार सम्म छनौटमा परेका सहकारी संघरसंस्थाहरुको गणना गर्ने गरी गणक खटाइएको छ । तथ्यांक संकलनका लागि आउनु हुने गणकहरुलाई आफ्नो सहकारी सम्बन्धी विवरणहरु उपलब्ध गराई आवश्यक सहयोग तथा समन्वय गरिदिनु हुनको लागि अनुरोध छ ।'

प्राविधिक दक्षता र अनुभवको आधारमा सहकारीहरुको वास्तविक तथ्यांक लिई सर्वेक्षण गर्न विभागले राष्ट्रिय तथ्यांक कार्यालयसँग सहकार्य गरेको जनाएको छ । यसअघि पछिल्लो पटक २०७६ सालमा विभागबाटै सर्वेक्षण गरिएपनि त्यसको आधिकारिकतामा थुप्रै प्रश्नहरु उठेपछि विभागले यो पटक भने जीडीपीलाई केन्द्रमा राखेर राष्ट्रिय तथ्यांक कार्यालयसँगको सहकार्यमा सर्वेक्षण गर्न लागेको हो ।

9294_r2u4kuc_page-0001.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार