काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलिदेखि शुरु हुँदैछ । परीक्षा सञ्चालनको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
चैतको पहिलो साता हुनुपर्ने एसइई परीक्षा २१ फागुनको प्रतिनिधि सभा निर्वाचनका कारण १९ चैतमा सारिएको हो।
परीक्षणका लागि प्रश्न पत्र र उत्तरपुस्तिका सबै केन्द्रमा वितरण भइसकेका छन्। केन्द्राध्यक्षहरू नियुक्त भई सम्बन्धित परीक्षा केन्द्रमा पुगेका छन्। परीक्षा सञ्चालनका लागि कर्मचारी र सुरक्षाकर्मीको टोली पनि खटाइएको छ। यस वर्ष १ हजार ९६६ परीक्षा केन्द्र कायम गरिएको छ, जसमा एउटा केन्द्र जापानमा रहेको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षा दिँदैछन्। विद्यार्थीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ अन्य सहभागी छन्। जापानको एभरेस्ट स्कुलबाट २३ विद्यार्थी सहभागी हुनेछन्। पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ।
बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार नतिजा परीक्षा सकिएपछि १ महिनाभित्र सार्वजनिक गर्ने तयारी छ। उत्तरपुस्तिका केन्द्राध्यक्षको निगरानीमा परीक्षण गरिनेछ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com