काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ६९औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आफ्ना सदस्यहरुका लागि हातेपुस्तिका प्रकाशन गरेको छ । उक्त हातेपुस्तिका आज एक कार्यक्रमबीच संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ्गले सार्वजनिक गर्नुभएको छ । कार्यक्रममा उहाँले हातेपुस्तिका प्रकाशन सहकारी अभियानमा एउटा नवीन कार्यको थालनी भएको भन्दै यसबाट सदस्यहरुलाई सहकारी र समसामयिक विषयमा सुसूचित हुन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
हातेपुस्तिकामा समसामयिक सहकारी विषय र पोखरा रोयल सहकारीको बारेमा समेटिएको १०१ वटा प्रश्नोत्तर संगालो समेटिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्डमा सहकारी संस्थाले आफ्ना सदस्यहरुको लागि विविध विषयहरु समेटिएको पुस्तिका प्रकाशन गरि उपलब्ध गराउन पर्दछ भन्ने निर्देशन बमोजिम सदस्य हाते पुस्तिका प्रकाशन गरी सदस्यहरु र सदस्य बन्न चाहने सर्वसाधरणको जानकारीको लागि वितरण गर्न लागिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्गले बताउनु भयो ।
संस्थामा हाल १० हाजर ४५५ सदस्य रहेका छन् । संस्थाले नियमित रुपमा सहकारी समाचार नामक बुलेटिन समेत प्रकाशन गर्दै आइरहेको छ । यस भन्दा पहिला संस्थाले कर्मचारीहरुको जानकारीको लागि कर्मचारी हाते पुस्तिका समेत प्रकाशन गरेको थियो । परिवर्तित समय बमोजिम संस्थाले आवश्यक पर्ने सबै नीति तथा कार्यविधिहरु प्रकाशन गरी सदस्यहरुलाई वितरण गर्दै आएको छ । राष्ट्रिय सहकारी प्राधिकरणले बचत तथा ऋणको मूख्य कारोबार गर्ने सहकारी संघ संस्थालहरुलाई प्राधिकरणको इजाजतपत्र लिन सूचना गरे बमोजिम संस्थाले नेपाल मै पहिलो सहकारीको रुपमा दर्ता प्रमाणपत्र प्राप्त गरेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताउनुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com