Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नव विकास साकोसद्वारा आयोजित निःशुल्क कान तथा आँखा स्वास्थ्य शिविरबाट ५२४ जना लाभान्वित

नव विकास साकोसद्वारा आयोजित निःशुल्क कान तथा आँखा स्वास्थ्य शिविरबाट ५२४ जना लाभान्वित

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकास्थित नव विकास बचत तथा ऋण सहकारी संस्थाले आज नि:शुल्क कान तथा आँखा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । शिविरमा २८० जना आँखाका बिरामी तथा २४४ जना कानका बिरामी स्थानीय बासिन्दाहरूले आफ्नो स्वास्थ्य परीक्षण गराई लाभ लिनुभएको छ।

इम्प्याक्ट नेपाल कोप्राविधिक सहयोगमा कान स्वास्थ्य उपचार र दृष्टि आँखा अस्पताल बीरगञ्ज को प्राविधिक सहयोगमा आँखा स्वास्थ्य उपचार राम रेवती प्रतिष्ठान का अध्यक्ष डा. शालिग्राम शार्मा पौडेलको तथा हिमालय पोलिक्लिनिक प्रा. लि. को औषधि सहयोगमा सम्पन्न भएको थियो ।

नव विकास साकोसले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सदस्यहरु, चिकित्सक टोली, सहयोगी हातहरू र उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

669551400_122252800832115512_651110643803590838_n.jpg
undefined
669025331_122252800844115512_2769588455309753516_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार