काठमाडौं । परराष्ट्र मन्त्रालयले पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुखहरूसँग ‘भर्चुअल’ माध्यमबाट छलफल गरेको छ । हिजो भएको उक्त छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालले सुदृढ आर्थिक कूटनीतिमार्फत सुशासन र आर्थिक समृद्धि हासिल गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताउनुभयो ।
उहाँले सोहीअनुसार नियोगहरूलाई आफ्ना गतिविधि सञ्चालन गर्न निर्देशन दिँदै नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
परराष्ट्र सचिव अमृतबहादुर राईले प्रभावकारी सेवा प्रवाहमा जोड दिँदै आर्थिक कूटनीति प्रवर्द्धन गर्न र प्रविधिको उपयोगमार्फत कार्यक्षमता बढाउन आग्रह गर्नुभयो ।
साथै सम्बन्धित देशमा कार्यरत राजदूत, महावाणिज्यदूत तथा कार्यवाहक राजदूतहरूले ती देशको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपाली नागरिकको सुरक्षा स्थिति, सेवा प्रवाहको अवस्था, समस्या समाधान गर्न अपनाइएका नवीन अभ्यास तथा नियोगका प्राथमिकताबारे जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com