Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

'गुरु कृपाले हाम्रो जीवनमा परिवर्तन ल्यायो'

'गुरु कृपाले हाम्रो जीवनमा परिवर्तन ल्यायो'

काठमाडौं । सविता आचार्य, गंगा श्रेष्ठ र लोकनाथ बास्तोला तीनै जना अस्थायी रुपमा काठमाडौंमा बसोबासरत हुनुहुन्छ । उहाँहरुलाई परशुराम जयन्तीको अवसरमा २०८३ बैशाख ६ गते आइतबार पशुपतिनाथ मन्दिर परिसरस्थित श्रीशंकराचार्य मठको कार्यक्रममा मैले भेट्ने अवसर पाएँ । कार्यक्रम थियो परशुराम जयन्तीको अवसरमा भारतको कानपुरस्थित करौली आश्रमका मठाधीश एवम् आध्यात्मिक गुरु करौली शंकर महादेव (करौली शंकर दास जी महाराज) का शिष्यहरुको नेपालस्थित समूह करौली शंकर पूर्वज मुक्ति धाम नेपालले ध्यान साधनासँगै गुरु धर्मपाल बशिष्ठबाट प्रवचन श्रवण । उक्त कार्यक्रमपछि मैले तीनै जनासँग भिडियो संवादको मौका पाएको थियो । त्यसक्रममा उहाँहरुले गुरुको कृपामार्फत जीवनमा आएको सकारात्मक परिवर्तनबारे हामीलाई खुलेर जानकारी गराउनुभयो । असल गुरु र त्यसमा पनि उहाँहरुको भाषामा पूर्ण गुरुको समीपमा निष्ठा र भक्तिपूर्वक आफूलाई समर्पित गरेपछि जीवनका दुःख कष्टहरु हट्दै जान्छन् । जीवनले गति लिन्छ, तगाराहरु हट्दै जान्छ । सुनौं उहाँहरु तीनै जनाको जीवनमा गुरु कृपाले पारेको प्रभाव र प्रदान गरेको सकारात्मक उर्जा ।

उक्त कार्यक्रममा नेपालको भूमिबाट विश्व शान्ति ल्याउनुपर्छ भन्ने संकल्प साकार पार्न करौली शंकर महाराजजीको प्रतीक्षामा छौं रहेको धर्मपाल गुरु बशिष्ठले बताउनुभएको थियो ।

 

 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार