Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
व्यवस्थापकहरुको क्षमता, सहकारी संस्थामा एकरुपता

सीएमसी कास्कीको 'फिट एण्ड प्रपर इन कोअपरेटिभ्स्' तालिम सम्पन्न

सीएमसी कास्कीको 'फिट एण्ड प्रपर इन कोअपरेटिभ्स्' तालिम सम्पन्न

काठमाडौं । कोअपरेटिभ म्यानेजर्स क्लब, कास्की (सीएमसी–कास्की) को आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा फिट एण्ड प्रपर इन कोअपरेटिभ्स् तालिम मंगलबार पोखरामा सम्पन्न भएको छ । तालिममा विभिन्न सहकारीका अध्यक्ष तथा प्रबन्धक गरी ९२ जनाको सहभागिता थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रमुख प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले फिट एण्ड प्रपर इन कोअपरेटिभ्स् विषयमा प्रशिक्षण दिनुका साथै सहभागीहरुको विभिन्न जिज्ञासा मेटाउनुभएको थियो । सो अवसरमा क्लबका संस्थापक अध्यक्ष मिलन ढकालले शुभकामना मन्तव्य व्यक्त राख्नुभएको थियो ।

तालिम कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष अपिल कोइराला, पूर्व अध्यक्ष डम्बरसिंह बस्नेत, जिल्ला सहकारी संघ कास्कीका संचालक धनराज पुरी, जिल्ला सहकारी संघ कास्कीका लेखा संयोजक रुद्रनाथ पौडेल, नेफ्स्कूनका फिल्ड इन्चार्ज सुरज चालिसे लगायतको उपस्थिति थियो ।

'व्यवस्थापकहरुको क्षमता, सहकारी संस्थामा एकरुपता’ भन्ने नाराका साथ गठित कोअपरेटिभ म्यानेजर्स क्लबले विभिन्न समयमा सहकारीबारे तालिम तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको अध्यक्ष मोहनप्रसाद अधिकारीले जानकारी गराउनुभयो ।  कोअपरेटिभ म्यानेजर्स क्लब अध्यक्ष मोहनप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कून संचालक कमला देवी गिरी रहनुभएको थियो ।  स्वागत मन्तव्य क्लबका उपाध्यक्ष विष्णुप्रसाद अधिकारी र सञ्चालन सचिव शंकर पौडेलले गर्नुभएको थियो । 

492005353_1784228648791621_179794828805790816_n.jpg

492086780_1784228502124969_325403005914069328_n.jpg

492396824_1784228582124961_1906316891728695726_n.jpg

493289164_1784228515458301_4746418445756672759_n.jpg

492388140_1784228688791617_7807606587439912836_n.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार