Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
२८ औं वार्षिकोत्सव

सदस्य सेवा परिस्कृत गर्दै लाने रोयल बहुउद्देश्यीय सहकारीको प्रतिबद्धता

सदस्य सेवा परिस्कृत गर्दै लाने रोयल बहुउद्देश्यीय सहकारीको प्रतिबद्धता

काठमाडौं ।  २०५५ साल वैशाख ९ गते २५ जना युवाहरुबाट २५ हजार पूँजी संकलन गरी स्थापना भएको रोयल बहुउद्देश्यीय सहकारी संस्था २८ वर्ष प्रवेश गरेको छ । १ अर्ब ६० करोड कुल सम्पत्ति रहेको संस्थाले  ११ हजार सदस्यबाट १ अर्ब ३० करोड बचत निक्षेप संकलन गरी १ अर्ब ९ करोड कर्जा प्रवाह गरेको वित्तीय अवस्था छ ।  

काठमाण्डौ महानगरपालिका अनामनगरबाट सुरु भएको संस्थाको हाल काठमाडौं बसुन्धरामा आफ्नै भवनमा मुख्य कार्यालय रहेको छ भने साँखु, फर्पिङ र टोखा गरी तीन सेवा केन्द्र सञ्चालनमा छन् । फर्पिङ र टोखा सेवा केन्द्र  पनि आफ्नै भवनबाट सेवा प्रवाहरत छन् ।

समुदायमा आधारित र सदस्य केन्द्रीत पोखरा रोयल बहुउद्देश्यीय सहकारीले स्थापना दिवसकै अवसरमा संस्थाले रोयल बहुउद्देश्यीय सहकारी संस्थाले टिचिङ अस्पतालको ब्लड बैंकको सहकार्यमा मुख्य कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरेका थिए ।

संस्थाका मुख्य कार्यक्रमहरु र भावी योजना

लघुवित्त कार्यक्रमः

संस्थाले ग्रामीण क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्याउन लघुवित्त कार्यक्रम सञ्चालन गरिरहेको छ । ग्रामीण क्षेत्रका निम्न आय भएका परिवारहरूको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको संस्थाले कृषि, पशुपालन, साना उद्योग, व्यापार तथा अन्य आयमूलक क्रियाकलापमा लगानी गर्न सदस्यहरूलाई लघुवित्त कर्जालाई प्राथमिकता दिएको छ ।

संस्थाले सदस्यहरूको आर्थिक गतिविधिका साथै सामाजिक गतिविधिमा समेत सक्रिय सहभागिता गराउँदै लघुवित्त कार्यक्रममार्फत महिला सशक्तीकरणलाई विशेष प्राथमिकता दिइएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सीताराम काफ्ले बताउनुहुन्छ ।

सदस्यलाई उद्यमशीलता तालिम प्रदान गरी आत्मनिर्भर बनाउन सहकारीले निरन्तर भूमिका खेलिरहेको प्रमुख कार्यकारी अधिकृत काफ्लेको भनाइ छ । ग्रामीण क्षेत्रमा आर्थिक अवसर सिर्जना गर्न र सदस्यहरूको आयस्तर बढाउन संस्था निरन्तर क्रियाशील रहेको उहाँको भनाइ छ ।

सहकारीको उद्देश्य नाफा कमाउनु मात्र नभई सेवामुखी कार्यलाई अघि बढाउनु पनि रहेकाले ग्रामीण क्षेत्रमा शिक्षाको स्तर सुधार्न विद्यालय तथा शैक्षिक संस्थाहरूलाई शैक्षिक सामग्री प्रदान गर्ने गरेको उनले जनाए ।

संस्थाले यस आर्थिक वर्षमा लघुवित्त कार्यक्रमलाई संस्थाका सम्पूर्ण सेवाकेन्द्र कार्यालयहरुबाट बैकिङ्ग, लघुवित्त, बीमा, वित्तीय साक्षरता, सामूहिक बाल बचत कार्यक्रम, सहकारी तथा लघुवित्त जनचेतना कार्यक्रम र विभिन्न किसिमका सिपमूलक तालिम जस्ता कार्यक्रमलाई अझ प्रभावकारी रुपमा विस्तार गर्ने योजना रहेको संस्थाका माइक्रोफाइनान्स चिफ सुरेन्द्र बिकको भनाइ छ ।

कृषि श्रोत केन्द्र:

संस्थाले मुक्तिनाथ कृषि कम्पनिको सहकार्यमा सेवाकेन्द्र टोखा र फर्पिङमा कृषि श्रोत केन्द्र स्थापना गरी किसानहरुलाई आवश्यक पर्ने बिउ बिजन, कृषि औजार तथा उपकरणहरु, जैविक तथा रासायनिक बिषादीहरु, जैविक, प्रांगारिक मल प्रदान गरिरहेको छ । त्यसैगरी संस्थाले सुक्ष्म पौष्टिक तत्वहरु, कृषिसंग सम्बन्धित प्राविधिक तथा वित्तिय सेवाहरु प्रदान गरिरहेको जनाइएको छ ।

किसानहरुलाई आवश्यकता अनुसार बालि शिविर तथा व्यवसायिक तरकारी खेती तालिम समेत प्रदान गरिरहेको माइक्रोफाइनान्स चिफ बिकले बताए । सहकारीले कृषकहरूलाई आधुनिक कृषि उपकरण र प्रविधि उपलब्ध गराएर परम्परागत कृषि प्रणालीलाई आधुनिकिरण प्रविधिसँग जोड्ने काम गरेको बिकले बताए ।

भावी कार्यक्रमः

संस्थाले सदस्यहरुलाई पूर्ण वित्तिय सेवा बचत, कर्जा, विमा, लघुवित्त, रेमिट्यान्स, तालिम तथा वित्तिय परामर्श प्रदान गरिरहेको छ । समाजमा रहेका हुँदा खानेदेखि हुने खाने सम्म, बच्चा देखी बृद्धासम्म, धनि देखि गरिबसम्मका सदस्यहरुलाई विभिन्न किसिमका बस्तु तथा सेवाहरु प्रदान गर्ने सहकारीको रुपमा विकास गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत काफ्लेको दाबी छ । संस्थाले कृषकमुखी एवम् उपभोक्ता मुखी सहकारी मोडल निर्माण गर्न कार्यक्रमहरु अगाडि बढाइएको उहाँले बताउनुभयो ।

कृषि मार्ट:

देशभरका कृषि सहकारी तथा कृषक समूहमार्फत उत्पादन भएका कृषि उपजहरुको बजार व्यवस्थापन तथा वितरण सम्बन्धी कार्यका लागि काठमाण्डौमा मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा मुक्तिनाथ कृषि मार्ट चालु आर्थिक वर्षमा संचालन गर्ने योजना रहेको छ ।

स्मार्ट फार्मिङ र एग्रो नर्सरी:

कृषिमा आधुनिक प्रविधि, नविनतम समाधान र स्वचालनको प्रयोग गरेर उत्पादनमा वृद्धि गर्ने, लागत घटाउने र दक्षता सुधार गर्ने उद्देश्यले संस्थाले स्मार्ट फार्मिङ र एग्रो नर्सरीका गर्न संस्थाले विस्तृत योजना तयार पारेको छ ।

जसको उद्देश्य कृषि उत्पादन क्षमता वृद्धि गर्न र दिगो कृषि कार्यमा सहयोगी रहनु रहेको छ । यी योजनाहरूले आधुनिक कृषि प्रविधिहरूलाई परिचय गराउने र बिरुवा उत्पादनमा सहयोग पुर्याउनेछन्, जसले सहकारीका सदस्यहरूको आर्थिक र वातावरणीय अवस्था सुधार्नेछ ।

बहुउद्देश्यीय कृषि परियोजना:

संस्थाले बैकल्पिक व्यवसाय अन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र मकवानपुर मध्ये कुनै जिल्लामा बहुउद्देश्यीय कृषि परियोजना संचालन गर्न योजना अनुरुप सम्भाव्य अध्ययन भइरहेको प्रमुख कार्यकारी अधिकृत काफ्लेले बताउनुभयो ।

493008184_9633799200042013_8106306213052100801_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार