Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

समस्याग्रस्त सहकारी पीडितहरुको बचत फिर्ताका लागि चक्रीय कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि २०८३ स्वीकृत

समस्याग्रस्त सहकारी पीडितहरुको बचत फिर्ताका लागि चक्रीय कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि २०८३ स्वीकृत

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ताका लागि चक्रीय कोष स्थापना र सञ्चालन सम्बन्धी कार्यविधि २०८३ स्वीकृत गरेको छ । बैशाख १० गते बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको उक्त कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ताले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

यसअघि, हिजो मात्रै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारीका समस्या समाधान गर्न सरकारले चक्रिय कोष स्थापना गर्ने निर्णय गरिसकेको जानकारी राष्ट्रिय सहकारी महासंघ संघको छलफलमा गराउनुभएको थियो । मन्त्री रावलले सहकारी क्षेत्रमा देखिएका समस्या अहिले समाधान गर्न नसके कहिल्यै पनि समाधान नहुने भन्दै समाधानकालागि चक्रिय कोष स्थापना गर्ने निर्णय गरेको बताउनुभएको थियो ।

सरकारले १०० बुँदे कार्यसूचीमा टेकेर प्राथमिकतासाथ सहकारीको समस्या समाधान गर्ने उहाँले बताउनुभएको थियो । उहाँले चुनौतिका रुपमा रहेको विद्यमान समस्या समाधान गर्न सरकारले चक्रिय कोष स्थापना गर्ने निर्णय गरिसकेको र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहित सरोकारवाला सबै मिलेर समस्या समाधान गर्नुपर्ने उल्लेख महासंघका अधिकारीहरुसँग गर्नुभएको थियो ।

यसैगरी, उहाँले राष्ट्रिय सहकारी महासंघ संघको छलफलमा मन्त्री रावलले सहकारी ब्यवसाय विकास र प्रवर्धनका लागि बाधक ऐन कानूनहरुलाई संशोधन गरेर वा फाष्ट ट्र्याकबाट कानून बनाएर भए पनि काम गर्न सरकार तयार बताउनुभएको थियो ।

आजैमात्र समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष डिल्लीराज आचार्यले चक्रिय कोष मार्पmत समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरुलाई राहत (बचत फिर्ता) दिने तयारी सरकारले गरिरहेको जानकारी राष्ट्रिय सहकारी महासंघ संघको छलफलमा बताउनुभएको थियो । यद्यपि, राहत दिनुको अर्थ कर्जा मिनाहा नभएको उहाँले बताउनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार