Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान आजबाट सुरु हुँदै , २१ गतेदेखि पठनपाठन

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान आजबाट सुरु हुँदै , २१ गतेदेखि पठनपाठन

काठमाडौं ।  नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम आजबाट सुरु हुँदैछ ।  सरकारले आज वैशाख १५ गतेदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णयसहित परिपत्र जारी गरेको थियो । निर्णयअनुसार औपचारिक रूपमा आजदेखि विद्यार्थी भर्ना कार्यक्रम शुरू हुन लागेको हो । 

विगतमा सरकारले हरेक वर्ष वैशाख २ देखि नयाँ शैक्षिक सत्र शुरू गरेर भर्ना अभियान चलाउँथ्यो भने निजी विद्यालयले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र शुरू गराउँदै आएका थिए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयका साथै चैत २३ देखि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको थियो । 

तर सरकारको निर्णय अमान्य रहेको भन्दै काठमाण्डौ उपत्यका मेयर्स फोरमले गएको वैशाख ११ गतेदेखि नै नयाँ विद्यार्थी भर्ना अभियान शुरू गर्न र आज १५ गतेदेखि नियमित पठनपाठन शुरू गर्न उपत्यकाभित्रका सबै पालिकालाई अनुरोध गरेको थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने आजदेखि नै  भर्ना थाल्न र २१ गतेदेखि पठनपाठन शुरू गर्न भनेको छ । 

सरकारको निर्णय नमानेर भर्ना गरिसकेका काठमाण्डौ उपत्यका भित्रका तथा उपत्यकाबाहिरका केही पालिकाले गएको ११ गतेदेखि नै भर्ना अभियान शुरू गरी आजदेखि नियमित पठनपाठन थाल्ने भएका छन् । 

Edu_j3rxztbtRu.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार