Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

स्वास्थ्य मन्त्रालयद्वारा सरकारी अस्पतालका जग्गा अतिक्रमण हटाएर संरक्षण गर्न निर्देशन

स्वास्थ्य मन्त्रालयद्वारा सरकारी अस्पतालका जग्गा अतिक्रमण हटाएर संरक्षण गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अनुसन्धान केन्द्रहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गा र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षणका लागि तत्काल कदम चाल्न निर्देशन जारी गरेको छ ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाले बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार २४ वटा प्रमुख अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई परिपत्र गर्दै जग्गा अतिक्रमण भएको पाइएमा तत्काल हटाउन निर्देशन दिएको हो। मन्त्रालयले अतिक्रमित जग्गाको लगत मागेको छ । मन्त्रालयले आफ्नो जग्गाको साँध सिमाना स्वीकृत नक्साअनुसार भए–नभएको यकिन गरेर जग्गामा कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भए–नभएको विस्तृत विवरण तयार पार्न भनेको छ । 

यस्तै, अतिक्रमण भएको पाइए, सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समय सीमा तोकी लिखित सूचना जारी गर्न, सूचनाको पालना नभए जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायसँग समन्वय गरी अतिक्रमण हटाउन र अस्पतालको भोगाधिकार पुनः कायम गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । भविष्यमा पुनः अतिक्रमण हुन नदिन अतिक्रमणमुक्त गरिएको वा खाली जग्गामा घेराबार गर्न र आवश्यक सुरक्षात्मक उपायहरू अपनाउन पनि निर्देशन दिइएको छ । मन्त्रालयले जग्गासम्बन्धी लालपुर्जा र स्रेस्ता अद्यावधिक गरी मालपोत तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न पनि भनेको छ । 

मन्त्रालयले वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम उल्लेख छ । यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, भरतपुर अस्पताललाई पनि निर्देशन दिइएको छ ।

Ministry-of-Health-Notice.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार