Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us
प्रादेशिक आर्थिक तथ्याङ्क सार्वजनिक

मधेश प्रदेशको आर्थिक वृद्धिदर १.५ प्रतिशतभन्दा कम हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान

मधेश प्रदेशको आर्थिक वृद्धिदर १.५ प्रतिशतभन्दा कम हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान

काठमाडौं ।  राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रादेशिक आर्थिक तथ्याङ्क सार्वजनिक गरेको छ ।  कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा धेरै बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत र गण्डकीको ५. ०१ प्रतिशत हुने अनुमान छ । यसैगरी कोशीको ३.३१, लुम्बिनीको २.८७, कर्णालीको २.९४ र सुदूरपश्चिमको ३.३८ प्रतिशत वृद्धिदर हुने अनुमान छ । उक्त तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर १ दशमलव ३१ प्रतिशतमात्र हुने अनुमान कार्यालयले गरेको छ ।

गत आर्थिक वर्ष ४ दशमलव ४३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको मधेशमा यो वर्ष कम ठूलो गिरावटको सम्भावना देखिएको हो । यो वर्ष राष्ट्रिय औसत वृद्धिदर भने ३ दशमलव ८५ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।

राष्ट्रिय अर्थतन्त्रमा योगदानका हिसाबले बागमती प्रदेश सबैभन्दा अगाडि छ । यस वर्ष देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) ६६ खर्ब अनुमान गरेकोमा एक्लो बागमतीले मात्रै ३६ दशमलव ७ प्रतिशत हिस्सा ओगट्ने छ ।

प्रतिव्यक्ति आयतर्फ पनि बागमती र मधेशमा ठूलो अन्तर देखिएको छ । बागमतीको प्रतिव्यक्ति आय २ हजार ६४४ डलरसहित सबैभन्दा माथि रहँदा मधेशको ९३४ डलरसहित सबैभन्दा तल रहने अनुमान कार्यालयले गरेको छ ।

राष्ट्रिय औसत प्रतिव्यक्ति आय १ हजार ५१३ अमेरिकी डलर हुने कार्यालयको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार